कीवर्डहरू -

अपराध

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमा सम्पर्क गरी आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि विश्वास दिलाई ठगी गरेको आरोपमा दाङका २१ वर्षीय विरबल घर्ती मगर पक्राउ परेका हुन् ।  

कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

मगरलाई जेठ १८ गते काठमाण्डौंको बानेश्वरबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको छ ।
 

अपराध

अनलाइन लटरी, शपिङको प्रलोभन देखाइ ठगी गर्ने ३ जना चिनियाँ नागरिक पक्राउ

अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

एप्लिकेसनबाट क्यासिनो गेम खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, फिरिन लगा…

५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक …

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले झूटो विवरण प्रस्तुत गरी युट्…

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका…

बैंक खाताको पासवर्ड र इमेल कब्जामा लिएर १० लाख रूपैयाँ अर्कैको खातामा ट्रान्सफर

पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ । मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, डिजिटल वालेट लगायतका डिजिटल प्रणालीबाट कार…

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । सामाजिक सञ्जालमा आफ्नो पहिचान खु…

ह्याकरले फेला पारे पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्ने तरिका, बच्ने कसरी ?

ह्याकरहरूले पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्न सक्ने तरिका फेला पारेका छन् । एक अनुसन्धानमा ह्याकरहरूले अथेन्टिकेसन कुकिजको स…

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इन्ड्रा…

सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने २ जना पक्राउ

अनलाईनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाईकेहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईनबाट…

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने एकजना पक्राउ

ट्राभल कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । …

अनलाइन गेम्बलिङ संचालन तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने श्रेष्ठ पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने…

सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाल पक्राउ

साइबर ब्यूरोले सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाललाई पक्राउ गरेको छ । 

ईसेवाको कर्मचारी भन्दै १५ लाख ठगी, ५ जना पक्राउ

काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभिय…