अपराध
५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६, आव २०७८/७९ मा चार हजार ६८६ र आव २०७९/८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १६४, बालिकाका २४२, महिलाका पाँच हजार ७०३, पुरुषका छ हजार १७७ र अन्यमा ५०३ गरी जम्मा १२ हजार ७८९ निवेदन साइबर ब्यूरोमा परेको छ ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।
साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।
अपराध
सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ
सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी
सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । सामाजिक सञ्जालमा आफ्नो पहिचान खु…
ह्याकरले फेला पारे पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्ने तरिका, बच्ने कसरी ?
ह्याकरहरूले पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्न सक्ने तरिका फेला पारेका छन् । एक अनुसन्धानमा ह्याकरहरूले अथेन्टिकेसन कुकिजको स…
पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा
पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इन्ड्रा…
सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने २ जना पक्राउ
अनलाईनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाईकेहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईनबाट…
ट्राभल कम्पनीको सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने एकजना पक्राउ
ट्राभल कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । …
अनलाइन गेम्बलिङ संचालन तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने श्रेष्ठ पक्राउ
हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने…
सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाल पक्राउ
साइबर ब्यूरोले सामाजिक सञ्जालबाट नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्ली राम खनाललाई पक्राउ गरेको छ ।
ईसेवाको कर्मचारी भन्दै १५ लाख ठगी, ५ जना पक्राउ
काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभिय…
पार्सल र मोबाइलबाट बढ्दै छ अपराध
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रक…
प्रविधिमा वर्ष २०७९ः विद्युतीय कारोबारसँगै अपराध पनि बढ्यो
वर्ष २०७९ मा नेपालको दूरसञ्चार क्षेत्रमा नयाँ नयाँ सेवा सुरू भए । नेपाल टेलिकमले …
अबको सबै अपराध ‘विद्युतिय अपराध’ हुदै
केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चोरीएको, लुुटिए…