अपराध
बैंकको नाममा नयाँ शैलीको ठगी, ओटीपी माग्ने चार जना पक्राउ
काठमाडौं । बैंकका कर्मचारी बनेर फोन गर्ने र ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै ओटीपी (One-Time Password) मागेर बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले यस्तो ठगीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका ४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राम नगरपालिका १६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका ३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले बहालवाला तथा अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरी ठगी गर्दै आएका थिए ।
यसरी गर्थे ठगी
अनुसन्धानका क्रममा उनीहरूले बैंकका कर्मचारी भएको दाबी गर्दै पीडितलाई फोन गर्ने गरेको खुलेको छ । फोनमा ‘बैंकबाट बोलेको हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्छ’ भन्दै विश्वासमा पार्ने र त्यसपछि ह्वाट्सएप कलमार्फत मोबाइलको स्क्रिन सेयर गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।
स्क्रिन सेयर गराएपछि पीडितको मोबाइलमा आउने ओटीपी कोड प्राप्त गरी बैंक खातामा अनधिकृत पहुँच बनाउने र खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यस प्रकारको ठगीमा बैंक तथा वित्तीय संस्थाले फोन गरेर ओटीपी, पासवर्ड वा अन्य गोप्य विवरण माग्दैनन् भन्ने विषयमा सचेत रहन आग्रह गरेको छ । अपरिचित व्यक्तिले बैंकको कर्मचारी भएको दाबी गर्दै फोन गरेमा कुनै पनि अवस्थामा ओटीपी नदिने, स्क्रिन सेयर नगर्ने र शंकास्पद लिंकमा क्लिक नगर्न प्रहरीले सुझाव दिएको छ ।
अपराध
टिकटक र फेसबुक दुरुपयोग गरी महिलाको चरित्रहत्या, दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलामाथि साइबर हिंसा, ब्ल्याकमेल र चरित्रहत्या गर्ने आरोपमा नेपाल प्रहरीको सा…
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाज…
सामाजिक सञ्जालमा अश्लील सामाग्री सार्वजनिक गरी ब्ल्याकमेल गर्ने २० वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको निजी तस्बिर र भिडियो दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोपमा नेपाल …
डिस्कोर्ड र टेलिग्राममार्फत महिलाको चरित्रहत्या, १९ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ४ त्रिभुवन पार्क बस्…
ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ
काठमाडौं । ई-सेवा डिजिटल वालेटको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइ…
विवाहको प्रलोभन देखाई सामाजिक सञ्जालमार्फत ठगी, दुई जना पक्राउ
काठमाडौं । विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर …
हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ
काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न…
एआई प्रयोग गरी प्रहरीको दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एआईको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर परिमार्जन गरेर सामाजिक सञ्ज…
अनलाइन नेटवर्किङ व्यवसायको बहानामा ठगी, ४५३ नेपाली नागरिकको उद्धार
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा सञ्चालन भइरहेको कथित नेटवर्किङ ठगीमा फसेका ४५३ जना नेपा…
सामाजिक सञ्जालमा मोनिटाइजेशनको नाममा ठगी बढ्दो, प्रयोगकर्ता सतर्क हुन आग्रह
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा फेसबुक, टिकटक वा अन्य डिजिटल प्लेटफर्मको मोनिटाइजेशन सहज, सस्तो वा ग्…
‘फेक कल’ मार्फत प्रधानमन्त्री कार्यालयको नाममा धम्की, आरोपी पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडासच…
सामाजिक सञ्जालमा धम्की दिँदै रकम असुल्ने व्यक्ति साइबर ब्युरोको फन्दामा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत एक महिलालाई ब्ल्याकमेल गरी मानसिक तनाव दिँदै आर्थिक लाभ लिने एक युवकल…
‘मोबाइल’को निउँमा भनाभन पश्चात युवकको हत्या
चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा न…
ठेक्का प्रणाली ह्याक गरी विवरण हेरफेर गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइट…
विद्युतीय माध्यमबाट ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ …