डिजिटल नेपाल
कोरोना जोखिमकै बीच १२ को परीक्षा
कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
उनले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए।
जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा मात्र कायम गरिएको बोर्डले जनाएको छ।
४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ। कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा गरिएको यो पहिलो परीक्षा भएको अध्यक्ष पैडेलले बताए।
‘प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्ने व्यवस्था गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र केन्द्राध्यक्षको इमेलमा पठाइने बोर्डको निर्णय हो।’
उनले थपे, ‘परीक्षार्थीका अभिभावक र मिडियालई केन्द्रवरिपरि भिडभाडका लागि निषेध गरिएको छ। परीक्षामा अनियमित तथा अमर्यादिन कार्य गर्नेलाई एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै गरिने व्यवस्था गरिएको छ।
कात्तिक २ गते बसेको बोर्ड बैठकले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणिकीकरण कार्यविधि २०७७ पारित गरेको थियो।
परीक्षा सोही कार्यविधिअनुसार हुने तय गरिएको प्रवक्ता अर्यालले जनाए। यो समाचार आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छिन् ।
डिजिटल नेपाल
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा…
त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था…
विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।…
डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने
डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि…
अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह
कोभिड–१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने …
मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को पर…
सिकाइमा अनलाइन कक्षा प्रभावकारी
कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित…
प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि
कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा…
आकस्मिक शैक्षिक कार्ययोजनाका लागि ४ अर्ब प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न …
स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने
विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरका…
अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती …
ई प्लानेटले शुक्रबार भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै
शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले आउँदो असोज १६ गते शुक्रबार भर्चुअल माध्यमबाट …
महामारीकाबीच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’
कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थ…
छठलगत्तै त्रिविले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड-१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तया…
परीक्षा सञ्चालनको तयारीमा विश्वविद्यालय
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले …