डिजिटल नेपाल
भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ ।
आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटरसहितका सामग्री सहयोग गरेपछि आजदेखि सेन्टर सञ्चालनमा आएको हो ।
जिल्लाका अधिकांश विद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडौका महासचिव सङ्केत कोइरालाले बताए ।
महासचिव कोइरालाले भने, 'आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थामा कम्प्युटर शिक्षाको सुरुआत गर्ने उद्देश्यका साथमा अभियान सुरु गरिएको हो।'
क्याम्पसमा ई-लर्निङ सेन्टर सञ्चालनमा आएसँगै अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग पुगेको छ । सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइरालासहितको टिम भने भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि परेका हुन् ।
इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री रहनुभएका शङ्करप्रसाद कोइरालासहितको टिमले देखाएको छ ।
भोजपुर नगरपालिकामा रहेको विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविसहित पुस्तकालयलगायतका संस्थालाई पनि कोइरालाको टिमले यसअघि नै कम्प्युटरलगायतका सामग्री सहयोग गरिसकेको छ।
‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान सुरु गरेको पूर्वअर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विद्यालयमा गरेको सहयोग शैक्षिक सुधारमा महत्त्वपूर्ण भएको जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खत्रीले बताए । पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताए ।
'विगतमा जस्तो पठनपाठन गराएर मात्र हुँदैन, अब विद्यालयमा प्रविधिमैत्री ई-लर्निङ सेन्टर पनि स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौँ”, कोइरालाले भने ।
पूर्वअर्थमन्त्री कोइरालाको टिमले जिल्लाका शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन गरेको सहयोग महत्त्वपूर्ण भएकाले अब घरबाट किताब कपी लिएर विद्यालयमा पढन आउने भन्दा पनि विद्यार्थीले प्रविधिबाट नै सिक्नुपर्ने प्राध्यापक इन्द्र राउतको भनाइ छ।
डिजिटल नेपाल
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखि…
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्ष…
अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै
अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदे…
शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँच…
तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा
५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला &lsq…
खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा
खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गरा…
विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने
विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान…
नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी
नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ । …
नेपालीको लगानीमा अष्ट्रेलियामा आईटी पढाउने नयाँ कलेज सुरू
नेपाली समेतको लगानीमा उच्च शिक्षा अध्यापनका लागि अस्ट्रेलियामा नयाँ कलेज सुरू भएको…
मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो
पोखरा विश्वविद्यालयले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस) मा नयाँ भर्ना …
यस्तो छ त्रिविको एमआईटी कोर्ष
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संस्थानले सूचना प्रविधिमा स्नातकोत्त…
यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म
प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय …
आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै
डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थ…
शहरी खानेपानी तथा उर्जा सेवालाई प्रविधिबाट स्तरोन्नती गर्न सरोकारवालाको जोड
नेपालमा शहरी खानेपानी तथा उर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्र…