कीवर्डहरू -

डिजिटल नेपाल

अनलाइनबाटै होटल बुकिङ गर्न मिल्ने ‘होटल संसार’, पर्यटन क्षेत्रलाई नै डिजिटाइज गर्ने योजना

नेपाल पर्यटकीय सम्भावानाले भरिपूर्ण देश हो । प्राकृतिक स्रोत र सम्पदाका हिसाबले विश्वमा हामी धनी देश हौं । तर पनि नेपालको पर्यटन क्षेत्रको विकास जति हुनुपर्ने हो, त्यत्ति भएको छैन् ।

यसैबीच पर्यटन क्षेत्रलाई नै डिजिटलाइज गर्ने उद्देश्यले २०७७ असारमा शुरू भएको प्लेटफर्म हो, होटल संसार । होटल संसार एउटा ओटीए (अनलाइन ट्राभल एजेन्ट) प्लेटफर्म हो ।

नेपालमै तयार पार्न सकिने सिस्टम पनि विदेशबाटै ल्याएर प्रयोग गरेको देखेपछि होटल संसारको आईडिया आएको होटल संसारका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उद्धव अधिकारी बताउँछन् । अधिकारीले झण्डै दुई दशक समय सूचना प्रविधि क्षेत्रमा बिताइसकेका छन् ।

\"\" यो अवधिमा उनले देश तथा विदेशका विभिन्न परियोजनामा काम गरिसकेका छन् । सो समयमा नेपालमै विकास गर्न सकिने धेरै परियोजनाहरू पनि विदेशबाट ल्याएर प्रयोग गरेको देखेपछि उनलाई होटल संसारको आइडिया आएको हो । यसले पलायन भइरहेको नेपाली पुँजी केही हदसम्म भएपनि रोक्ने अधिकारीको भनाइ छ ।

‘नेपालका होटलहरूले विदेशी सफ्टवेयर प्रयोग गरिरहेका थिए । कुनै समस्या पर्दा इमेलमा सम्पर्क गर्नुपर्थ्यो । अन्य पहुँच खासै थिएन,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यो सबै कुरालाई बुझेर नेपालमा नै नेपाली प्रडक्ट बनाउने सोचसहित होटल संसारको अवधारणा आएको हो ।’

अहिले होटल संसारको वेबसाइट र मोबाइल एपबाट होटल बुकिङ गर्न सकिन्छ । यसमा होटलको रेटिङ र ग्राहकको प्रतिक्रिया पनि राखिएको छ । होटल संसार पूर्ण रूपमा नेपालमै बनेको र नेपालको पहिलो ओटीए प्लेटफर्म भएको अधिकारीले बताए ।

होटल संसारबाट होटल बुक गर्दा एटिएम कार्ड, वालेट, भिसा र मास्टरकार्डबाट पैसा तिर्न सकिन्छ । होटल संसारमा आफ्नो होटल आवद्ध गराउनका लागि अनलाइनबाटै पनि रिचआउट गर्न सकिन्छ ।

त्योसँगै देशका मुख्य शहरमा आफ्नै एजेन्टहरू पनि छन् । एजेन्टमार्फत पनि होटल आवद्ध गराउन सकिन्छ । यदि तपाईले अनलाइनबाटै रिचआउट गर्नुभयो भने होटल संसारको एजेन्ट तपाईकहाँ आएर कानूनी प्रक्रिया पुरा गरेपछि होटल संसारमा होटल आवद्ध हुनेछ । कम्पनीले होटलका लागि छुट्टै एपको समेत व्यवस्था गरेको छ ।

होटल संसारमा हाल देशका मुख्य शहरका १ हजारबढी होटलहरू आवद्ध भइसकेको सीईओ अधिकारीले जानकारी दिए । मुख्यतयाः यसमा टुरिष्ट स्ट्याण्डर्डका होटलहरू आवद्ध भएका छन् ।

\"\"

होटल संसार अहिले आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन् । अबको केही समयमै आधिकारिक रूपमा लञ्च गर्ने कम्पनीको योजना छ ।

अहिले ५ हजारबढी एप डाउनलोड भएको छ । एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । दैनिक २५-३० वटा होटल बुकिङ भइरहेको छ । कम्पनीले होटल बुकिङ गरेवापत १० प्रतिशत होटलसँग कमिसन लिने उनी बताउँछन् ।

होटल संसारमा ६ जना संस्थापक रहेका छन् । अहिलेसम्म उनीहरूले ३ करोडभन्दा बढी लगानी होटल संसारमा गरिसकेका छन् । अहिले कम्पनीमा २५ जनाले रोजगारी पाएका छन् । आफुहरूको योजना नेपालको पर्यटन इकोसिस्टममै काम गर्ने रहेको उनले बताए ।

‘नाम होटल संसार भएपनि हामीले पर्यटन इकोसिस्टमा काम गर्न खोजिरहेका छौं,’ उनी भन्छन्, ‘होटल संसारपछि हामी च्यानल म्यानेजर लिएर आउँदै छौं । त्यसमा अहिले काम भइरहेको छ ।’

साथै पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी कामहरू पनि होटल संसारबाटै गर्न मिल्ने गरी सरकारसँग सहकार्य गर्ने कम्पनीको योजना छ ।


डिजिटल नेपाल

फ्युजमेसिनको एआई फेलोशिपमा मंगलबारसम्म आवेदन दिन सकिने, यसरी दिनुहोस् आवेदन 

फ्युजमेसिनको एआई फेलोशिपमा भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ । एआईको क्षेत्रमा क…

खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संका…

थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै

सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यस…

स्वयंसेवी पर्यवेक्षकमा के सबै विश्वविद्यालयका आईटी पढ्ने विद्यार्थीले दिन पाउँछन् आवेदन ? 

सबै विश्वविद्यालयमा आईटी (सूचना प्रविधि) पढ्ने विद्यार्थीले स्वयंसेवी पर्यवेक्षकका लाग…

ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?

काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ…

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ कार्यक्रमका लागि स्नातक तहमा नयाँ भ…

माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्…

त्रिविको बीआईटी कार्यक्रममा नयाँ भर्ना खुल्यो, कस्तो छ कोर्ष र कसले पाउँछन् पढ्न ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को प्रवेश पर…

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि २ जनालाई छा…

सगरमाथा इन्जिनियरिङ कलेज ईयुटी प्लस एलायन्समा आवद्ध 

सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (…

डिजिटल स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’

शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्…

चिसोबाट बच्न अनलाइन कक्षा

चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेक…

पुस ११ देखि बीएससी सीएसआईटीको प्रवेश परीक्षाको आवेदन अनलाइनबाटै दिन सकिने, यस्तो छ तरिका 

चार वर्षे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयमा २०७८ सालको …

रातो बंगला स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ रातो बंगला स्कुलले पाएको छ । …

ब्रिटिस कलेजले ब्याचलर्समा छात्रवृत्ति उपलब्ध गराउने, यसरी दिनुहोस् आवेदन

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस…