डिजिटल नेपाल
अब अनलाइनबाटै विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।
पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो ।
पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो ।
बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले रु ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्क रुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए ।
विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेख रचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइटमा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ ।
सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।
गत मङसिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ । पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए ।
उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डेटाबेसमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।
उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेज, सगरमाथा इञ्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरूपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् ।
यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ ।
उक्त सम्झौताअनुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।
छुट्टै ई–पुस्तकालय
प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माणको शुरुआत गरेको छ । अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ ।
पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेशन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उनले बताए । रासस
डिजिटल नेपाल
पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न
पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) ले फाल्गुन १७ गते आफ्नो तेश्रो दिक्षान्त सम…
नयाँ शैक्षिक सत्र १० महिनाको हुने, अर्को शैक्षिक सत्र वैशाखबाटै शुरू
आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको …
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी
एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम…
राष्ट्रिय सभा गृहमा आयोजना भएको करियर फेस्ट सकियो, २ हजार विद्यार्थीलाई परामर्श
विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन …
बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई सभागृहमा करियर फेस्ट
करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रि…
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी…
डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस
विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थाल…
कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्ववि…
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका ला…
टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाइ डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्र…
कक्षा १० को एसईई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नत…
कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्…
भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४ औं इक्य…
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । प…
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्…