डिजिटल नेपाल
चौथो राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड मा.वि. प्रथम
नेसनल माध्यमिक विद्यालय, वालकुमारीको आयोजनामा मिति २०७५ माघ २७ गते सरस्वती पुजाका दिन सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड माध्यमिक विद्यालयका ब्रजल शाही प्रथम भएका छन् ।
विद्यालयका प्राचार्य श्री सुरेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक र पुरस्कार वितरण समारोहमा शाहीलाई समारोहका प्रमुख अतिथि प्यावसनका अध्यक्ष श्री विजय सम्बाहाम्फे ले रु. २०,०००÷– नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै, केएमसी स्कुलका आभुषन काफ्ले द्वितीय र हिन्दु विद्यापिठकी सदिक्षा उपाध्यायले तृतीय स्थान हासिल गरेका छन् । द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगी विजेताहरुले क्रमशः १२,०००÷– नगद सहित प्रमाणपत्र र ८,०००÷– नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त निबन्ध प्रतियोगितामा राजधानीका विभिन्न ४३ विद्यालयका १११ जना विद्यार्थीहरू सहभागी थिए । जसमा बाल गिताञ्जली स्कुलका आशिष गिरी, रेडियन्ट रिडर्स एकेडेमीका ओमेन्द्र साह, एञ्जल लर्ड एकेडेमीका एरिम मगर, लिटिल एन्जल स्कुलका क्रिशल महर्जन, एञ्जल लर्ड एकेडेमीकै, दिक्षा गौतमले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका निर्णायक प्रा.डा. माधव पोख्रेलद्वारा विद्यार्थीलाई निबन्ध लेखनपूर्व १ घण्टाको अभिमुखीकरण कार्यक्रम गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायकमा प्रा.डा. अम्माराज जोशी र प्रा.डा. माधव पोख्रेल सहित १५ जनाको समिति गठन गरिएको थियो ।
मुख्य निर्णायकको रुपमा रहनु भएका प्रा.डा. जोशीले निबन्ध लेखनको महत्वको बारेमा विद्यार्थीहरूको अन्तरनिहीत बौद्धिक एवम् सिर्जनात्मक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले नेशनलले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
डिजिटल नेपाल
द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित गरी सम्पन्न भयो \'दीक्षान्त समारोह\'
द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित रहेको हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्य…
एनसिआइटीमा ४ बर्षे \'बिसिए\' आइटी शैक्षिक कार्यक्रम
नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिदै आएको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले गतवर्षदेखि ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम…
समृद्धि स्कूलमा प्रविधिमैत्री वातावरण
समृद्धि स्कूल वनस्थलीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुलाई राजधानी बैङ्क्वैट वनस्थलीमा बिहीवार बिहान अभिमुखिकरण कार्यक्रम गरेको छ । अभ…
\'शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा सम्पन्न
सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्टले आफ्नो सशक्त उपस्थिति जनाएको छ । उक्त कार्यक्…
ब्रिटिश कलेजमा शैक्षिक अतिथि व्याख्यान श्रृंखलाः टिम गोचर
डोल्पा प्रभाव फाउण्डेसन अध्यक्ष र संस्थापक टिम गोचरले ब्रिटिश कलेजका बीबीए विद्यार्थीहरूलाई अन्तराष्ट्रिय र स्थानीय स्तरमा व्यवसायमा देखिने विकास र चुनौतीहरूका ब…
१ देखि १२ कक्षा सम्मको नयाँ पाठ्यक्रम स्वीकृत, यस्ता छन् पढ्ने बिषयहरु
अब कक्षा ११ र १२ मा नेपाली, अँग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने छन् । कक्षा ९ र १० मा ५ वटा अनिबार्य …
द ब्रिटिस कलेजमा व्यवसायी राजेद्र खेतानको एकेडेमिक गेष्ट लेक्चर
राजधानीको थापाथलीस्थित ‘द ब्रिटिसकलेज’ले नेपालको व्यवसायीक घराना खेतान ग्रुपका चर्चित व्यवसायी राजेन्द्र खेतान ल्याएर विशेष गेष्ट लेक्चर सम्पन्न गर…
नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ
जेटकिङ नेपालले कस्ता कस्ता कोर्सहरु संचालन गरिरहेको छ ?
जेटकिंग नेप…
ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल
बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्ट…
ब्रोडवे इन्फोसिसमा ८० भन्दा बढी कोर्समा प्रोफेसनल आइटी ट्रेनिङ
नेपालमा आइटी टे«निङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, क…
दमकमा क्याम्ब्रिजको अस्ट्रेलियाबारे सेमिनार सम्पन्न
विगत सात वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले दमकमा अस्ट्रेलिया बारे सेमिनार गर्ने भएको छ ।
अस्ट्रेलियामा व…
विदेशी डिग्रीमा बिद्यार्थीको आकर्षण
नेपालमा एक्रिडिएशन भएका विश्वविद्यालयका शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गर्न पाउने भएपछि विद्यार्थीले सस्तो र कमजोर आइटी शैक्षिक कार्यक्रमबाट सोझै ठगिने सम्भाव…