डिजिटल नेपाल
त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै
त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिए ।
पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ । दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् ।
पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ ।
दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिन पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।
स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन । तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।
यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
जुम प्रविधिबाट गर्न व्यावहारिक हिसाबले समस्या भएका कारण फरक खालको मोडालिटीमा कार्यक्रम गर्ने योजना बनाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।
विश्वविद्यालयले दीक्षान्त समारोह त्रिविकै केन्द्रीय परिसरको भवनमा गर्ने भएको छ । यसअघि धेरै विद्यार्थी सहभागिता हुने भएकाले त्रिविको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परिसरमा दीक्षान्त समारोह गर्ने गरिएको थियो ।
त्रिविको गत वर्षको दीक्षान्त समारोह पनि सोही परिसरमा गरिएको थियो जसमा १० हजार ३८४ जनाले दीक्षान्तमा प्रत्यक्ष सहभागिता जनाएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
डिजिटल नेपाल
कोरोना जोखिमकै बीच १२ को परीक्षा
कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगल…
भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिइने
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनश…
विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारीमा त्रिवि
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएक…
स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशूल्क मोबाइल डाटा उपलब्ध हुने, यस्तो छ तरिका
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई नि…
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा…
त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था…
विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।…
डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने
डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि…
अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह
कोभिड–१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने …
मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को पर…
सिकाइमा अनलाइन कक्षा प्रभावकारी
कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित…
प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि
कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा…
आकस्मिक शैक्षिक कार्ययोजनाका लागि ४ अर्ब प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न …
स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने
विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरका…
अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती …