कीवर्डहरू -

डिजिटल नेपाल

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ ।

विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ ।

केन्द्रका अनुसार २०७८ को शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनेछ । २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने महानिर्देशक दाहालले जानकारी दिए ।

अदालतले नयाँ पाठ्यक्रम लागू गर्न कानुनी रूपमा बाटो खोलिदिएकाले समस्या नहुने र यसको कार्यान्वयनमा सरकार अगाडि बढ्ने उनले जानकारी दिए ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि झण्डै तीन महिना अन्योल देखिएको थियो । सर्वोच्च अदालतले पुस २८ गते नयाँ पाठ्यक्रम लागू गर्न सरकारलाई बाटो खोलिदिएको हो ।

केन्द्रका महानिर्देशक दाहालले एकैचोटि सबै कक्षामा पाठ्यक्रम कार्यान्वयन गर्न समस्या भएका कारण चरणबद्ध रूपमा यसलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

एकै पटक लागू गर्दा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशन लगायतका काम गर्न समस्या हुने भएकाले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको हो ।

व्यवस्थापकीय हिसाबले कार्यान्वयन गर्न पनि सहज हुने महानिर्देशक दाहाल बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

डिजिटल नेपाल

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तया…

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११…

१० महिनापछि खुल्दै विद्यालय

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि…

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भए…

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी…

यस वर्षको एसईई आगामी जेठमा हुने

यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसई…

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा…

डिजिटल एजुकेसन आइसिटी अवार्ड बुढानीलकण्ठ स्कूललाई प्रदान 

नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुच…

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) का कारण जाडो अवधिमा काठमाडौं महानगर क्षेत्रमा विद्यालय ख…

सफ्टवेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख सम्म अनुदान

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्टव…

काठमाडौंमा तत्काल स्कूल नखुल्ने

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का …

क्लाउड कम्प्युटिङ कोर्स शुरु गर्न लर्डबुद्ध र जेनेस क्लाउड एकेडेमी बीच सहकार्य

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन्…

यस वर्षको एसईई पनि अन्योलमै

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन …

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय…

कोरोनाका कारण स्थगित बीएससी सीएसआइटीको परीक्षा पुस २८ गतेदेखि सुरु हुने (तालिका सहित)

कोरोना भाइरसका कारण स्थगित भएको चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रवि…