कीवर्डहरू -

डिजिटल नेपाल

त्रिभुवन विश्वविद्यालयमा अब भौतिक उपस्थितिमै पढाइ हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए । कोभिड-१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुन सकेको छैन ।

परीक्षा भने छठलगत्तै हुन थालेको छ । “कोभिड-१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “अन्य ठाउँमा पनि सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर कक्षा सञ्चालन गर्न भनेको छौँ ।”

रजिष्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार स्नातकोत्तर तहको पढाइ भने भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा भने भएका छैनन् ।

त्रिविका सूचना तथा जनसम्पर्क  महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कूलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको थियो ।

२८ गतेदेखि परीक्षा

यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड-१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड-१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो ।

परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उनले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने  बताए ।

त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् । रासस

डिजिटल नेपाल

विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएक…

स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशूल्क मोबाइल डाटा उपलब्ध हुने, यस्तो छ तरिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई नि…

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा…

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था…

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।…

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि…

अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

कोभिड–१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने …

मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को पर…

सिकाइमा अनलाइन कक्षा प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित…

प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि

कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा…

आकस्मिक शैक्षिक कार्ययोजनाका लागि ४ अर्ब प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न …

स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरका…

अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान

कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती …

ई प्लानेटले शुक्रबार भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले  आउँदो असोज १६ गते शुक्रबार भर्चुअल माध्यमबाट …

महामारीकाबीच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’

कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थ…