कीवर्डहरू -

शिक्षा

परीक्षा सञ्चालनको तयारीमा विश्वविद्यालय

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् ।

कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।

घरैबाट परीक्षा

यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले जानकारी दिए । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो ।

नेसंविमा असोज १५ बाट

प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ ।

विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक (बीएएमएस) तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो ।

मध्यपश्चिमको परीक्षा १७ गतेबाट

मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ । दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

त्रिवि कार्यतालिका बनाउँदै

उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थी भार वहन गरेको त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरिएको जनाइएको छ ।

परिस्थिति हेरेर एक साताभित्र परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् ।

विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । यसै साता स्थगित परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयको तयारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा…

शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\' 

फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुला…

त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने, भर्चुअल विधिबाट परीक्षा लिने तयारी 

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्…

आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि टेलिभिजनबाट कक्षा १ देखि १० कक्षा सम्मक…

आजदेखि रेडियो नेपालबाट विद्यार्थीलाई पढाउदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० …

एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी

सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …

शिक्षक प्रतिनिधि भन्छन,  अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? 

गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…

प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान त…

यस्तो छ बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ (पूर्ण पाठ)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी…

अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु

कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन्  । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्य…

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट  

नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावन…

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत् चयन