शिक्षा
एआईमा माइक्रोडिग्री शिक्षा प्रदान गर्न फ्युजमेसिन्स र पीसीपीएस कलेजबीच साझेदारी
फ्युजमेसिन्सले पाटन कलेज प्रोफेशनल स्टडीज (पीसीपीएस) कलेजको पाठ्यक्रममा एआइमा माइक्रोडिग्री शिक्षा प्रदान गर्न साझेदारी गरेको छ ।
पीसीपीएस कलेजले फ्यूज मेसिन्सको सहकार्य मार्फत माइक्रोडिग्री कोर्सको साथमा कलेजको स्नातक तहमा बीएससी (अनर्स) इन कम्प्युटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्ग पनि डिग्री प्रदान गर्नेछ ।
युवा प्रतिभा र नवीन पीढीलाई एआई करिअर अवसरहरू प्रदान गर्न र विश्वभर माग भएको एआई प्रतिभा आपूर्ति ग्यापलाई पूरा गर्ने उद्देश्यले साझेदारीको सुरुवात गरिएको हो ।
विश्वव्यापी एआई प्रतिभाको अभाव भएको र नेपाल जस्ता विकास उन्मुख देशहरू यस शिक्षामा पिछडिएका फ्युजमेसिन्सले जनाएको छ ।
यसले कसरी हामीले स्कूल र कलेजहरूको स्तरबाट विस्तृत एआइ प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ र विश्वव्यापी एआइ रुपान्तरणमा सामेल हुन आवस्यक छ भन्ने विषयहरु माथि प्रकाश पार्दछ ।
‘माइक्रोडिग्री कोर्स विश्वव्यापी प्रविधि उद्योगको परिवर्तनशील माग र आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको कोर्स हो,’ फ्युजमेसिन्सका संस्थापक तथा सिईओ प्रा.डा. समीर मास्के भन्छन्, ‘नेपाल र विश्वभर एआई ईन्जिनियरहरूको बढ्दो मागपूरा गर्न कलेज र विश्वविद्यालयहरूले एआई कोर्सहरू पाठ्यक्रममा समावेश गर्न आवश्यक छ । तसर्थ हामी पीसीपीएस कलेजसँग यो कदम चालेर निकै सकारात्मक ढंगबाट अगाडी बढेका हौं ।’
माइक्रोडिग्री एआई शिक्षा कार्यक्रम फयुज मेसिन्सको बृहत एआई शिक्षा कार्यक्रम अन्तर्गत आउँछ जुनसँग प्रोप्राइटरी पाठ्यक्रम र अनलाइन शिक्षा प्लेटफर्म हुनुका साथ साथै मिश्रित फ़्लिप्ड गरिएको कक्षाकोठा मोडेल समावेश छ ।
यो कार्यक्रम एक शिक्षण कार्यक्रम हो, जुन अमेरिकाको अग्रणी विश्वविद्यालय संकायका सदस्यहरु र एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको हो ।
‘यस साझेदारी अन्तर्गत विद्यार्थीहरूले एआईमा माइक्रोडिग्रीको साथै कम्प्युटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक डिग्री प्राप्त गर्नेछन् । दुई उन्नत पाठ्यक्रमहरू मेशिन लर्निङ्ग र डीप लर्निङ्ग माइक्रोडिग्रीको हिस्साको रूपमा प्रस्ताव गरिएको छ । यो पूरा भएपछि, हामी इन्टनसीप प्लेसमेन्टको साथ विद्यार्थीहरूलाई थप सहयोग गर्नेछौं’ लर्ड बुद्ध एजुकेशन फाउन्डेसन समूहका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले भने ।
पीसीपीएस कलेजले युके युनिभर्सिटी बेडफोर्डशायर ब्रिटेनको साथ साझेदारीमा कम्प्युटिङ र व्यवसाय प्रशासनमा स्नातक कार्यक्रम प्रदान गर्दछ । यो विश्वविद्यालय सन् २०२० द्वारा विश्वको शीर्ष १००० विश्वविद्यालयहरूमा समावेश रहेको छ ।
फ्युजमेसिन्स अग्रणी एआइ शैक्षिक तथा सीपसम्बन्धी समाधान प्रदायक हो । फ्युजमेसिन्स् डा. समीर मास्केले स्थापना गरेका हुन्, जो कोलम्बिया युनिभर्सिटीका सहप्राध्यापकका रुपमा कार्यरत छन् ।
फ्युजमसिन्स्का नेपाल, अमेरिका, क्यानाडा र डोमिनिकन गणतन्त्रसमेत चार मुलुकमा रहेका कार्यालयमा पूर्णकालीन २५० कर्मचारीले काम गर्छन् । फ्युजमसिन्स्ले संसारभरिका शैक्षिक संस्थामा एआइसम्बन्धी विश्वव्यापी विशेषज्ञता पुर्याउन चाहेको छ ।
शिक्षा
शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\'
फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुला…
त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने, भर्चुअल विधिबाट परीक्षा लिने तयारी
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्…
आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि टेलिभिजनबाट कक्षा १ देखि १० कक्षा सम्मक…
आजदेखि रेडियो नेपालबाट विद्यार्थीलाई पढाउदै सरकार (समय तालिका सहित)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० …
एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी
सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …
शिक्षक प्रतिनिधि भन्छन, अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ?
गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…
प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान त…
यस्तो छ बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ (पूर्ण पाठ)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी…
अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु
कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन् । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्य…
लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट
नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावन…
काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र
उच्च शिक्षा…