कीवर्डहरू -

शिक्षा

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई अब निःशुल्क पाठ्यपुस्तक

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।

सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो ।

कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए ।

अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

शिक्षा

प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले क…

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ ।…

फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न 

कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाटै लिने

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्…

के हो ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो) 

गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सा…

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

कोभिड संकट व्यवस्थापनमा केन्द्रित आर्थिक वर्ष २०७८/०७९ को  बजेट सार्वजनिक भैरहेको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० को व्य…

११ हजार ३ सय ६६ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा, १ हजार १२ माबिमा आइटी ल्याब स्थापना

देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये ११ हजार ३ सय ६६ अर्थात ४०.९ प्रतिशत विद्याल…

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आव…

जेठ २० भित्र अनलाइनबाट परीक्षा लिन विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई जेठ २० गतेभित्र सम्पूर्ण परीक्…

प्याब्सनले गठन गर्‍यो कोभिड १९ महामारी तथा विपद व्यवस्थापन समिति 

प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोभिड १९ महामारी तथा विप…

एसईई र कक्षा १२ परीक्षा स्थगित

यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्…

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालले वैकल्पिक व…

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने 

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बि…