कीवर्डहरू -

शिक्षा

राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता

विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका लागि आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए ।

बुधबार सूचना तथा सञ्चार प्रविधि समाज नेपाल (एसआइसिटी नेपाल)को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका लागि स्वदेशमै आइटीका अवसरहरु बढाउनु पर्ने बताए । \"\"

हालै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय काे संघीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिमा अाइटी अफिसर माग गर्दा त्रिवी इन्जिनियिरङ संस्थानमा बिर्इ कम्प्युटर पढेकाले मात्रै अावेदन गर्न पाउने व्यवस्था ल्याइएपछि एसअाइसिटी नेपाललगायतका संस्थाकाे निरन्तर दबाब र विज्ञान राज्यमन्त्री विष्टकाे तत्परताले पुनः नयाँ सूचना जारी भर्इ मान्यताप्राप्त विश्वविद्यालयका हरेक अाइसिटी प्राेगाम पढेका विद्यार्थीले साे पदमा अावेदन गर्न पाउने व्यवस्था अाएकाे छ । \"\"

आइटी जनशक्तिको पक्षमा प्राप्त याे उपलब्धीको सन्दर्भमा एसआइसिटी नेपालको प्रतिनिधिमण्डल राज्यमन्त्री विष्टलाई धन्यवाद दिन मन्त्रालय पुगेको थियो । सो अवसरमा एसआइसिटी नेपालले स्थापनाकालदेखि खेल्दै आएको भूमिका प्रशंसनीय रहेको भन्दै मन्त्री विष्टले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमै उपयोगी हुने प्रविधिको आविष्कार गर्न र त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको समेत बताए । \"\"

\"\"

शिक्षा

मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली

शैलेश ज्ञवाली
ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र…

सुबिसु क्यान कमटेक २०१७ सम्पन्न

भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले…

आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को

नेपालमा सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासलाई ट्रेनिङ सेवा प्रदायक कम्पनीका रुपमा योगदान दिँदै अएको ब्रोडवे इन्फोसिस नेपालले आफ्नो स्थापनाको १० वर्ष …

कमटेकमा अवलोकनकर्ताको घुइँचो, आज अन्तिम दिन

राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को हिजो तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्…