कीवर्डहरू -

शिक्षा

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश दिएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ ।

छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी भएका थिए ।

बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको समाचार पहिलो पटक गत भदौ ३१ मा राससले सम्प्रेषण गरेको थियो ।

परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ ।

विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । रासस

शिक्षा

अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

कोभिड–१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने …

मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को पर…

सिकाइमा अनलाइन कक्षा प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित…

प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि

कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा…

आकस्मिक शैक्षिक कार्ययोजनाका लागि ४ अर्ब प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न …

स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरका…

अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान

कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती …

ई प्लानेटले शुक्रबार भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले  आउँदो असोज १६ गते शुक्रबार भर्चुअल माध्यमबाट …

महामारीकाबीच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’

कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थ…

छठलगत्तै त्रिविले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड-१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तया…

परीक्षा सञ्चालनको तयारीमा विश्वविद्यालय

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले …

एआईमा माइक्रोडिग्री शिक्षा प्रदान गर्न फ्युजमेसिन्स र पीसीपीएस कलेजबीच साझेदारी

फ्युजमेसिन्सले पाटन कलेज प्रोफेशनल स्टडीज (पीसीपीएस) कलेजको पाठ्यक्रममा एआइमा माइक्र…

प्रदेश ५ का १९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एनआईसी एशिया बैंकले प्रदान गर्‍यो सफ्टवेयर

एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ वटा विद्यालयलाई सफ्टवेयर प्रदान गरेको छ । आफ्नो…

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा…