शिक्षा
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । एक सूचना जारी गर्दै त्रिविले ४८ औं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने जानकारी दिएको हो ।
२०७८ साल असार १ गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म (तदनुसार १५ जुन २०२१ देखि १४ जुन २०२२) मा सेमेस्टर तथा वार्षिको परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उतीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह गर्नेहरूले मात्रै दीक्षान्तका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन tuexam.edu.np/convocation/ मा गएर आउँदो असोज ९ गतेसम्म दिन सकिने छ । आवेदन फाराम भर्दा एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र, ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य अपलोड गर्नुपर्नेछ ।
अनलाइन आवेदन दिँदा प्राप्त गरेको सबै पीडीएफ डकुमेन्ट प्रिन्ट गरेर सुरक्षित राख्नुपर्नेछ । गाउन लिन आउँदा सो डकुमेन्ट परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाएर सुरक्षित राख्नुपर्ने जनाइएको छ ।
दीक्षान्त तथा प्रमाणपत्र शुल्क, गाउन/स्कार्फ धरौटीको शुल्क तह अनुसार ३७०० रूपैयाँदेखि ४७०० रूपैयाँसम्म शुल्क लाग्ने छ । दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिने छ । अभिभावकका लागि प्रति अभिभावक ३०० रूपैयाँ शुल्क लाग्ने छ ।
शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमा अनलाइनबाटै दाखिला गर्न सकिने छ । शुल्क बुझाएको रिसिप्ट वा ट्रान्जेक्सन आईडी सुरक्षित राख्नुपर्नेछ ।
शिक्षा
इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत
कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । स…
सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने
सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ ।
<…कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । …
माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने
आगामी सातै प्रदेशका माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध…
एसइईपछि कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु
भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्…
कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि \'टूल नेपाल\' मोबाइल एप
टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्न…
धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी
धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा अब अनलाइनबाटै स्टिम कोर्ष पढ्न पाइने भएको छ । निमा एकेडेमी र दूरशिक्षाको सहकार्यमा…
पाटन कलेज फर प्रोफेसनल स्टडीजको चौंथो दीक्षान्त समारोह सम्पन्न
ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको चौथौ दीक्षान्…
गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने
ई-लर्निङ प्लेटफर्म गुरूबाले शिक्षा सम्बन्धि सूचना र समाचार दिने भएको छ । पूरानो वेब…
शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद
वेद स्कुल व्यवस्थापन प्रालिले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा …
खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन
नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संका…
थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै
सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यस…