शिक्षा
कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको पर्खाइसँगै उच्च शिक्षा अर्थात स्नातक तहका लागि कुन विषय अध्ययन गर्ने भन्ने विषयमा खाँका समेत बनाइरहेका छन् ।
यदी तपाई सूचना प्रविधि (आईटी) मा चासो राख्नुहुन्छ र भविष्य पनि यसैमा बनाउन सोच्नु भएको छ भने पक्कै स्नातकमा आईटी पढ्ने सोच्नु भएको छ होला ।
आईटीमा पनि धेरै विषय छन, धेरै क्षेत्र छन् । हामीले आजदेखि आईटी विषका बारे जानकारी दिने उद्देश्यले एउटा सिरिज सुरू गर्दैछौं, जसले तपाईलाई आईटी विषय छनौट गर्न मद्दत गर्न सक्ने छ ।
पहिलो भागमा हामीले ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी सीएआईटी) बारे सामग्री तयार पारेका छौं ।
कस्तो छ बीएससी सीएसआईटी कोर्ष ?
नेपालमा २०६४ सालदेखि बीएससी सीएसआईटी कार्यक्रम अध्ययापन गराउन सुरू गरिएको थियो । यो कोर्ष त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको छ ।
सीएसआईटी भनेको कम्प्युटर साइन्सको अनुसन्धानमा केन्द्रित हुने कोर्ष हो । तर यो विषय अध्ययन गरेका विद्यार्थीले अनुसन्धानका साथै अन्य काम पनि गर्न सक्छन् । यसले आईटीका साथै कम्प्यूटर साइन्सको पक्षलाई बढी जोड दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न ६० वटा कलेजमा सञ्चालित यो चार वर्षे कोर्स हो । विद्यार्थीहरुलाई कम्प्यूटर र सूचना प्रविधिको बारेमा सबै ज्ञान दिने उद्देश्यले यो कोर्स डिजाइन गरिएको हो ।
पछिल्लो समय सीएसआईटीमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको त्रिभुवन विश्वविद्यालयको केन्द्रिय सीएसआईटी विभागका प्रमुख नवराज पौडेलले बताए । यसमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान र परियोजना लगायतका विभिन्न कुरामा ज्ञान दिइन्छ ।
कस्ता र कुन ग्रेड ल्याएका विद्यार्थीले पढ्न पाउँछन् ?
यो विषय अध्ययन गर्नका लागि विद्यार्थीले प्लस टुमा अनिवार्य रुपमा १.८ जीपीए ल्याएको हुनुपर्नेछ । त्यसैगरी प्लस टुमा ए लेभल र साइन्समा फिजिक्स, केमेष्ट्री र म्याथ पढेको हुनुपर्दछ ।
यो कोर्समा भर्ना हुनका लागि त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानले लिने प्रवेश परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउन आवश्यक हुन्छ ।
यो विषय पढ्नका लागि प्लस टु बाहेक सीटीईभीटीबाट डिप्लोमा इन्जिनियरिङ गरेकाले पनि यो कोर्स सजिलैसँग पढ्न पाउँछन् । प्रत्येक वर्ष हजारौं विद्यार्थीले सीएसआईटीका लागि प्रवेश परीक्षा दिन्छन् । ती मध्येबाट २५०० जनाले मात्रै पढ्न पाउने छन् ।
प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति समेत पाउँछन् । यस बाहेक प्रत्येक सेमेस्टमा टप गर्ने विद्यार्थीले समेत छात्रवृत्ति पाउँछन् ।
कस्तो छ पाठ्यक्रम ?
बीएससी सीएसआईटी आठ सेमेस्टरमा पढाइ हुन्छ । यसमा सी प्रोग्रामिङ, डिजिटल लोजीक, म्याथ, फिजिक्स, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ, माइक्रोप्रोसेसर, स्ट्याटिक्स, डेटा स्ट्रक्चर तथा अल्गोरिदम, कम्प्युटर ग्राफिक्स, कम्प्युटर आर्किटेक्ट, कम्प्युटर नेटवर्क, अपरेटिङ सिस्टम, डेटाबेस व्यवस्थापन, एआई, क्रिप्टोग्राफि, वेब प्रविधि, सफ्टवेयर इन्जिनियरिङ, ई-गभर्नेन्स, टेक्निकल राइटिङ, जाभा प्रोग्रामिङ, डेटा माइनिङ लगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ ।
पढि सकेपछि रोजगारीका अवसर
बीएससी सीएसआईटी पढेपछि विद्यार्थीहरूले अनुसन्धानमा पनि आफ्नो भविष्य बनाउन सक्छन् । सीएसआईटी पढेपछि विभिन्न सरकारी, निजी र सार्वजनिक संस्थामा पनि काम गर्न सक्ने उनले बताए ।
खास गरेर सफटवेयर डेभलपर, वेब डेभलपर, नेटवर्क एड्मिनिसटे्रटर, डाटाबेस एडमिनिसटे्रटर, आईटी म्यानेजर वा अफिसर, सिस्टम एनलाइसिस, प्रोजेक्ट म्यानेजर, इन्फर्मेसन सिस्टम अडिटर, टेक्निकल राइटर, इन्फर्मेसन सिस्टम म्यानेजर, डाटाबेस अपरेटर जस्ता क्षेत्रमा रोजगारीको अवसर पाउन सक्छन् ।
यसबाहेक उनीहरुले आफैँ कम्पनी खोलेर काम समेत गर्न सक्छन् । सीएसआईटी पढेपछि महिनाको ३०-४० हजारदेखि १-२ लाख रूपैयाँसम्म कमाउन सकिन्छ ।
पढाइ हुने कलेजहरू
बीएससी सीएसआईटी कोर्ष टेक्सास इन्टरनेशनल कलेज, प्राइम कलेज, सेन्ट जेभियर कलेज माइतिघर, समृद्धि कलेज, नेपालय कलेज, मदन भण्डारी मेमोरियल कलेज, नेशनल कलेज अफ कम्प्युटर स्टडिज, सेन्ट लरेन्स स्कुल कलेज, स्वस्तिक कलेज, काठमाडौं बनहार्ट कलेज, एकाडेमिअ इन्टरनेशनल कलेज, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, काट्फोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट, पद्म कन्या मल्टिपल क्याम्पस, अम्रित साइन्स क्याम्पस, सेन्टर क्याम्पस अफ टेक्नोलोजी, सिद्धनाथ साइन्स क्याम्पस, भक्तपुर मल्टिपल क्याम्पस, पृथ्वी नारायण क्याम्पस, बुटवल मल्टिपल क्याम्पस, मेची मल्टिपल क्याम्पस, रामश्वरुप रामसागर मल्टिपल क्याम्पस, बिरेन्द्र मल्टिपल क्याम्पस, न्यु सम्मित कलेज, काठमाडौं कलेज अफ टेक्नोलोजी, नेशनल इन्फोटेक कलेज बिरगञ्ज, हिमालय कलेज अफ इन्जिनियरिङ, एसीएचएस कलेज अफ आइटी कम्प्युटर साइन्स काठमाडौं जस्ता कलेजमा यो कोर्ष पढाई हुन्छ ।
त्यस्तै, विराट मल्टिपल कलेज, वेदास कलेज ललितपुर, अम्बिकेश्वरी क्याम्पस दाङ, एआइएमएस कलेज विराटनगर, बाँके बागेश्वरी क्याम्पस, बिराट क्षितिज कलेज, एशियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी काठमाडौं, अरचिड इन्टरनेशनल कलेज काठमाडौं, श्रीयन्त्र कलेज झापा, लुम्बीनी सिटी कलेज रुपन्देही, नागारजुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी ललितपुर, डियरवाल्क इन्सिच्युट अफ टेक्नोलाजी काठमाडौं, हिमालय दर्शन कलेज मोरङ, हेटौंडा सिटी कलेज मकवानपुर, इन्द्रेणी कलेज चितवन, माउट अन्नपूर्ण क्याम्पस कास्की, सोच कलेज अफ आइटी कास्की, सुश्मा गोदावरी कलेज सुनसरी, निस्ट कलेज बनेपा, लुम्बीनी आइसीटी क्याम्पस नवलपुर, नेपत्थ्य कलेज रुपन्देही, एम्बिसन कलेज काठमाडौं, विरेन्द्र मेमोरियल कलेज सुनसरी, ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौं, निहरिका कलेज अफ मेनेजमेन्ट एण्ड आइटी मोरङ, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस मोरङ र कलेज अफ अप्लाइड बिजनेश एण्ड टेक्नोलोजी जस्ता क्याम्पसमा यो कोर्ष पढाइ हुने गर्दछ ।
इन्टर्नसीपको सुविधा
बीएससी सीएसआईटी पढ्ने विद्यार्थीले अनिवार्य रूपमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । आठौं सेमेस्टरमा ३ महिना इन्टर्नसिप गर्नुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि आईटी कम्पनीमा गएर इन्टर्न गर्न सकिन्छ । यस बाहेक एउटा प्रोजेक्ट समेत तयार पार्नुपर्ने हुन्छ ।
कति लाग्छ शुल्क ?
सरकारी कलेजमा बीएससी सीएसआईटीको शुल्क ३ देखि ५ लाखसम्म तोकिएको छ भने निजी कलेजमा ६ लाखदेखि १५ लाखसम्म पर्न सक्छ । तर कलेजको सेवा र सुविधा अनुसार शुल्क फरक फरक निर्धारण गरिएको हुन्छ ।
शिक्षा
हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय
सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।
कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी
शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…
अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै
अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदे…
शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँच…
विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने
विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान…
नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी
नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ । …
नेपालीको लगानीमा अष्ट्रेलियामा आईटी पढाउने नयाँ कलेज सुरू
नेपाली समेतको लगानीमा उच्च शिक्षा अध्यापनका लागि अस्ट्रेलियामा नयाँ कलेज सुरू भएको…
मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो
पोखरा विश्वविद्यालयले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस) मा नयाँ भर्ना …
यस्तो छ त्रिविको एमआईटी कोर्ष
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संस्थानले सूचना प्रविधिमा स्नातकोत्त…
यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म
प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय …
आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै
डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थ…
नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्स’ विषय पढाउँदै केयु
काठमाडौं विश्वविद्यालय (केयु)ले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्…
कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वज…
त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआ…