कीवर्डहरू -

शिक्षा

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिष्ट्रार) प्राडा. पेशल दाहालले जानकारी दिए ।

उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए। कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो ।

त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् ।

‘कोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौ’ उनले भने, ‘त्यो पनि कक्षा १२ को परीक्षाफल ढिला प्रकाशन भएकोले मात्र तीन महिना ढिला भएको हो ।’

त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । उनले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिए । ‘मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्’, उनले भने, ‘ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैत महिनाभित्र प्रकाशित गर्ने योजना रहेको छ ।’

कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित भएको त्रिविको परीक्षा यही मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिवि अन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस रहेका छन् । रासस


शिक्षा

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाइ डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्र…

कक्षा १० को एसईई राष्ट्रिय कि प्रदेशस्तरबाट ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नत…

कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्…

भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४ औं इक्य…

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । प…

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्…

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ  । बोर्…

दि ब्रिटिस कलेजका विद्यार्थीले अब बेलायतमा पढ्न र काम गर्न पाउने

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले बेलायतमा पढ्न र…

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तया…

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११…

१० महिनापछि खुल्दै विद्यालय

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि…

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भए…

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी…

यस वर्षको एसईई आगामी जेठमा हुने

यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसई…

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा…