कीवर्डहरू -

शिक्षा

नबिल बैंक र पोखरा विश्वविद्यालय बिच साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि साझेदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर अफ इन्टर्नशीप डेभ्लपमेन्ट बिएड कार्यक्रम )  अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताउनु भयो । उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रसंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना सहित यस्का लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।

शिक्षा

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका विद्यालयमा उपलब्ध गराउने

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका सार्वजनिक विद्यालयमा …

कारखानाले ल्यायो विद्यार्थीका लागि पाँच प्रकारका नयाँ सिकाइ सामग्री

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले द…

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभको सेवा नेपालमा शुरू

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभले नेपालमा पनि आफ्नो सेवा शुरू गरेको छ । ब्य…

लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु अब निमा एकेडेमीमा पनि उपलब्ध हुने

निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ l यससँगै अब लर्न इन्फिनिटीका अनला…

एआईमा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयर विकास गर्दै काठमाडौं विश्वविद्यालय, कसरी गर्छ काम ? 

काठमाडौं विश्वविद्यालयले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रिमोट प्रोक्टोरिङ …

त्रिविका परीक्षा निर्धारित समयमै हुने

त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित …

नेपालीले अस्ट्रेलियामा खोलेको प्राविधिक कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति 

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउ…

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…

तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी, कक्षा १० सम्मका कोर्षहरू उपलब्ध

निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा …

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका ८ विजेता घोषणा, नेहाले जितिन १ लाख रुपैयाँ

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषण…

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक स…

अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्…

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एम…