शिक्षा
२१ औं शताब्दी सुहाउँदो विद्यार्थी तयार पार्न शिक्षकका लागि २ दिने वर्कशप हुँदै
फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० आयोजना हुने भएको छ । निमा एकेडेमी, एड चेञ्ज नेपाल र जियोग्रेबा नेटवर्कको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरमा फागुन ३ र ४ गते कन्फेरेन्स सञ्चालन हुनेछ ।
२१ औं शताब्दीका सीप तथा चुनौतिहरूसँग जुध्न विद्यार्थीलाई तयार पार्ने र पाठ्यक्रमै यस्ता सीपहरू एकीकृत गर्नुपर्ने उद्देश्यसहित २ दिने कन्फेरेन्स हुन लागेको आयोजकले जानकारी दिएको छ ।
२ दिनमा २१ औं शताब्दीका सीप तथा चुनौतिहरू सम्बन्धि छलफल र वर्कशप हुनुका साथै शिक्षालाई युग सुहाउँदो बनाउन विभिन्न आईडियाहरूमाथि काम हुनेछ ।
२१ औं शताब्दीका लागि विद्यार्थीलाई तयार पार्न शिक्षकहरूलाई वर्कशप दिइने छ । यसमा गणित, कम्प्युटर, विज्ञान लगायत सम्पूर्ण शिक्षकहरूलाई लक्षित हुने गरी वर्कशपको डिजाइन गरिएको छ ।
वर्कशपमा मेडिटेसन पेडागोजी, गेमिफिकेसन, परियोजनामा आधारित सिकाइ, कक्षाकोठामा प्रयोग गर्न प्रयाक्टिकल सीपहरू सिकाइने छ ।
यस बाहेक सम्बन्धि क्षेत्रका विज्ञले पेपर प्रस्तुत गर्नेछन् भने विद्यालयमा प्रोग्रेसीभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यक्रममा नवीनता, शिक्षकको व्यावसायीक विकास र मूल्यांकन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभव शेयर गर्नेछन् ।
कार्यक्रममा किनोट वक्ताको रूपमा थाइल्याण्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एशोशिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एशोशिएट प्रोफेसर जीवन खड्का रहेका छन् ।
२१ औं शताब्दीका लागि विद्यार्थीहरूलाई तयार पार्न शिक्षकका लागि जेन कन्फेरेन्स उपयोगी हुने विश्वास गरिएको छ ।
यदी तपाई (शिक्षक) पनि वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने यो लिंकमा गएर फाराम भरेर शुल्क तिर्नु सक्नुहुनेछ ।
विशेष गरी शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् । यस सम्मेलनमा करिब २०० जना सहभागिको अपेक्षा राखिएको छ ।
शिक्षा
बीआईटीको डबल डिग्री कोर्ष सञ्चालन गर्दै केयु, २ वर्ष नेपाल र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने
काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को डबल डिग्री सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालय र …
आजदेखि अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा पाइने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आज अर्थात माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्…
मास्टर्समा साइबर सेक्युरिटी कोर्ष पढाउने पुलचोक क्याम्पसको तयारी
पुलचोक क्याम्पसले मास्टर्समा साइबर सुरक्षा कोर्ष पढाउने तयारी सुरू गरेको छ । शुक्रबार लोकस २०२४ को उद्घाटन कार्यक्रममा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्…
पुल्चोक क्याम्पसमा पढिरहेका २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गर…
अब अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा, यस्तो छ लिने तरिका
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ ।
त्रिविको बीसीएलाई मानविकी संकायमा राखेकै कारण आईटी अधिकृत पदमा विद्यार्थीले आवेदन दिन पाएनन्
त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा विद्यार्थी…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा सुरू
मकवानपुरको थाहा नगरपालिका चितलाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा शुरुवात गरिएको छ । यो …
समयानुकुल आईटी शिक्षा र सीप विकासका लागि डिईएस र त्रिविको सीएसआईटी विभागबिच सहकार्य
सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयक…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी शैक्षिक सञ्जाल इडियुरोममा आबद्ध
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका …
एडब्लुएसको ट्रेनिङ पार्टनरमा जेनेस एकेडेमी, क्लाउड शिक्षालाई नयाँ उचाइमा पुर्याउँने दावी
अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालको ट्रेनिङ पार्टनरको रूपमा जेनेस एकेडेमी आवद्ध भएको छ । जेनेस एकेडेमी नेपालको एक …
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित
आईटी कलेज सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको…
प्रधानमन्त्रीले भने - सूचना प्रविधिबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरू हुँदैछ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागेको…
ब्याचलर्समा कम्प्युटर साइन्स पढाउँदै किंग्स कलेज
किंग्स कलेजले ब्याचलर्स अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने भएको छ ।
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…
सफ्टवेरिका कलेजले ब्याचलरमा अब एआई पनि पढाउने, के के छन् विशेषता ?
सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्ध…