कीवर्डहरू -

शिक्षा

नेपाल भित्रियो विश्व प्रसिद्ध आईबीएमको वि‌द्यालय कार्यक्रम

विश्व प्रसिद्ध प्रविधि कम्पनी आइबीएमले तयार पारेको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ-लर्निडले कक्षा ५ देखि १२ कक्षाका वि‌द्यार्थीहरुका लागि तयार गरिएको आइबीएमको यो कार्यक्रम नेपालमा लिएर आएको हो । 

आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्रहरु समेटेर नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश छन् । यो कोर्ष व्यक्तिगत रूपमा नभएर विद्यालयबाट मात्रै प्राप्त गर्न सकिने छ । कोर्षको शुल्क मासिक ८५० देखि २१५० रुपैयाँसम्म तोकिएको छ । 

विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु गौरवको कुरा एसियन इ-लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए । ‘यो कार्यक्रम नेपालमा ल्याउन पाउनु गौरवको कुरा हो,’ उनले भने, ‘अहिले सुचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतहरु पनि देखापरेका छन्। बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन पनि आइबिएमको यो कार्यक्रम आवश्यक महसुस गरेका हौं ।’ 

आइबिएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्षहरु राखिएका छन्। पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभर र तेश्रो इनोभेटर । यो कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामाग्रीसहित आइबिएमके प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीबाट गैष्ट लेक्चररको पनि व्यवस्था पनि गरिएको छ। त्यस्तै डिस्कभररको उद्‌द्देश्य वि‌द्यार्थीहरुलाई प्रोगामिडमा अब्बल बनाउने छ।

यसभित्र विश्वस्तरको सिकाई सामाग्री, आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीका रोष्ट लेक्चररसहित अर्चुअल ल्याब का साथै सामुहिक गतिविधि लगायतका कृयाकलापहरु राखिएको छ। त्यसपछि सबैभन्दा माथिल्लो तहको कोर्स छ, इनोभेटर । 

यो कार्यक्रमको लक्ष्य एउटा वि‌द्यार्थी प्लस टुमा पुगिसक्दा बजारमा नयाँ र सिर्जनशिल उद्यमीका रुपमा स्थापित हुन सकोस् भन्ने रहेको बताइएको छ । एक्सप्लोरर, डिस्कभरर र इन्नोभेटरभित्र पनि सामान्यदेखि एडभान्ससम्मका कोर्स छन्। त्यसभित्र हप्तामा एक दिन एक देखि डेड घन्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स छ ।

आइबिएम इनोभेसन सेन्टर फर एडुकेशनका व्यापार प्रवर्द्धन प्रमुख हरि रामासुब्रमन्यमले कक्षा ५ देखि नै आइबिएमको यो कोर्स लिने वि‌द्यार्थी कक्षा १२ सम्म पुगिसक्दा निकै स्मार्ट भइसक्ने र भविश्यको श्रम बजारको लागि समेत तयार हुने बताए । 

यो कोर्स स्कुलमा कुनै थप लगानी बिनानै उपलब्ध पूर्वाधार एवम् जनशक्तिका आधारमा संचालन गर्न सकिनेछ । ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा संचालन गरिनेगरी कोर्स डिजाइन गरिएको छ। 

भर्चुअल ल्याबमार्फत प्रोगामिङ सिकाइनेछ । विद्यार्थीले इनोभेटर कोर्षको दौरान तयार गर्ने प्रोजेक्टहरुलाई भेन्चर क्यापिटलिस्ट प्यानल तथा स्टार्टअफ फन्डहरु सामु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ । कुनै पनि अब्बल वि‌द्यार्थीले १२ कक्षा पुग्दा नपुग्दै बिउ पूँजी उपयोग गरी आफ्नो उत्पादन बजारमा ल्याई उद्यमी समेत बन्न सक्ने त्रिपाठीको दावी छ । 

कोर्ष सफलतापूर्वक सम्पन्न गरे पश्चात वि‌द्यार्थीले विश्वका सबै ठाउँमा मान्यता पाउने आइबिएमको ग्लोबल सर्टिफिकेट पनि पाउनेछन्।भारतको प्रतिष्ठित टेक-एड्डु कम्पनी ट्रान्सन्यूरन टेक्नोलोजिजले आइबिएमको यो कार्यक्रमलाई आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमा राखेर प्रवद्धन गरिरहेको छ ।

ट्रान्सन्यूरनले आफ्नो सिकाइ व्यवस्थापन प्रणाली मार्फत ३ करोड भन्दा बढि प्रयोगकर्ताहरु १ लाख भन्दा बढी तालिम केंद्रहरु तथा ५० हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुलाई व्यवस्थापन गरिरहेको छ। ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिबम शर्माले भारत, नेपाल जस्ता विकासशील देशमा रहेको सीप र श्रमबजार विद्यको खाडल पुर्न यस्ता कार्यक्रमहरु अत्यावश्यक रहेको बताए। 

'कम स्रोत र समयमै ठूलो जनसंख्यालाई तालिम प्रदान गर्न प्रविधिको प्रयोगबाट मात्र सम्भव हुने भएकाले अनलाइन र अफलाइनको हाइ‌ब्रिड मौडल प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘हामो सिकाइ प्रणालीमा प्रत्येक स्कुलले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार आइबिएमका कोर्सहरुको तालिका निर्माण गर्ने सक्ने हुनाले थप स्रोतको व्यवस्था नगरिकनै उपलब्ध शिक्षक तथा ल्याब मार्फत नै पढाउन सक्छन्।’

आइबिएमको यो विश्वस्तरको कार्यक्रम नेपालमा ल्याएको एसियन इ-लर्निङले यी कोर्षहरु प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा देशमा सामुदायिक विद्यालयहरुमा समेत पुर्याउने लक्ष्य लिएको छ । कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक भएका सामुदायिक स्कुल र प्लस टुका ५ हजार वि‌द्यार्थीलाई प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा यो कार्षहरु उपलब्ध गराउने प्रस्ताव गरेको प्रबन्ध निर्देशक त्रिपाठीको भनाइ छ । 
 

शिक्षा

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । त्यसका लागि महानगरले अनलाइन आवेदन माग गरेको …

आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको घोषणा

सरकारले आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।  

संघीय …

लक्ष्मी सन‍राइज बैंकले स्टिम शिक्षाका लागि महिलाहरुलाई छात्रवृत्ति प्रदान गर्ने

महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन‍्‍राइज बैंकले 'शिक्षित लक्ष्मी' पहलको थालनी गरेको…

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ । 

सङ्घीय संसद्को …

दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड

सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थ…

आईटीसहितका विभिन्न क्षेत्रमा २ हजार बढीलाई निःशुल्क तालिम दिदै काठमाडौं महानगर, कसरी हुने सहभागी ?

काठमाडौं महानगरपालिकाले विश्व मजदुर दिवसको अवसरमा वैशाख १९ गते अर्थात आजदेखि ‘सिपमूलक तालिम’ आयोजना गर्ने भएको…

त्रिभुवन विमानस्थलमा इडुरोम सेवा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो सेवा विश्वविधालयका, वैज्ञानिक अनुसन्धान स…

सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ का परीक्षा केन्द्र छनौट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सफ्टवेयरको प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र छनौट गरेको छ  । मन्त्रालय …

बालबाटिका इन्टरनेशनल स्कुलले सञ्चालनमा ल्यायो रोबोटिक कार्यक्रम

काठमाडौको बालाजु नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ देखि रोबोटिक कार्यक्रम सञ्चालनमा ल्…

एम्बिसन गुरूको एपबाटै अब अभिभावकले छोराछोरीको पढाईको प्रगति हेर्न सक्ने

एम्बिसन गुरुले नेपालमै पहिलो पटक अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न…

सुदूर पश्चिमाञ्चल एकेडेमीलाई माई सेकेन्ड टिचरले डिजिटल अध्ययन सामग्री उपलब्ध गराउने

डिजिटल लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एक…

मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी

मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी भएको छ । मंगलबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा …

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआ…

एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने सरकारको तयारी

सरकारले एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने तयारी गरेको छ । बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि …

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिदै लर्ड बुद्ध र क्यान महासंघ

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच  स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध…