शिक्षा
पाकिस्तानी दूतावासद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका तथा आर्थिक रूपमा सहयोग आवश्यक भएका २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
दूतावासले आयोजना गरेको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’को १४ औँ वार्षिकउत्सवमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले विभिन्न विद्यालयका छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका हन् ।
कार्यक्रममा विद्यार्थी छनोट गर्दा उनीहरूको शैक्षिक उपलब्धि र आर्थिक अवस्थालाई मुख्य आधार बनाइएको जनाइएको छ । विशेष अवसरका रूपमा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५० औँ जन्मजयन्तीको स्मरण गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
यस वर्षको उत्कृष्ट छात्रवृत्ति प्राप्तकर्ताका रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लाम्साललाई ल्यापटप प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले छात्रवृत्ति कार्यक्रम आर्थिक सहायता मात्र नभई नेपालका युवाको क्षमता विकास र भविष्य निर्माणमा गरिएको लगानी भएको बताए ।
उनले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम), स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय ज्ञान र आलोचनात्मक सोचजस्ता क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न आग्रह गरे ।
राजदूत हाश्मीले पाकिस्तानले नेपालका विद्यार्थीका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्म विभिन्न अवसर उपलब्ध गराउँदै आएको जानकारी दिए ।
उनका अनुसार पाकिस्तानमा अध्ययनका अवसर, नेपाली शैक्षिक संस्थालाई सूचना प्रविधि, खेलकुद, उदार कला तथा एसटीईएम शिक्षामा सहयोगजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सन् २०१३ देखि सुरु भएको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालन हुने विदेशी छात्रवृत्ति कार्यक्रममध्ये एक महत्वपूर्ण पहलका रूपमा स्थापित भएको दूतावासले जनाएको छ ।
शिक्षा
डिजिटल युगमा नेपाली भाषाको सशक्तीकरण : भाषिनी र काठमाडौं विश्वविद्यालयबीच एमओयू
काठमाडौं । डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी), भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि…
काठमाडौं महानगर छात्रवृत्ति : १४५ शिक्षण संस्थाका लागि कोटा निर्धारण, सूची सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्त…
डेटा, एआई र व्यवसायलाई एउटै पाठ्यक्रममा समेट्दै सनवे कलेज
काठमाडौं । सनवे कलेजले कृत्रिम बुद्धिमत्ता (AI), बिजनेस इन्टेलिजेन्स (BI) र डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित …
काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरे…
त्रिवि-एयरबस सहकार्य: एआई, साइबर सुरक्षा र एयरोस्पेस शिक्षामा जोड
काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विक…
परीक्षा सुरु हुनुअघि प्रश्नपत्र लिक, साइबर ब्युरोद्वारा दुई जना पक्राउ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालन भइरहेको कक्षा १२ को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे…
नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
काठमाडौं । नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेक…
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
काठमाडौं । एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थील…
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना गरिएको …
टेकपाइला र NCC Education UK बीच साझेदारी, नेपालमा विश्वस्तरीय आईटी शिक्षा सुरु
काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित टेकपाइला इन…
एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, नन-ग्रेडेड विद्यार्थीले मौका पाउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ ग…
काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन ग…
सोसल मिडियामार्फत कक्षा १२ को प्रश्नपत्र लिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरे…
एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्र…
इन्टरनेट बिना पनि एसईई नतिजा हेर्न सकिने, यस्तो छ तरिका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले शैक्षिक सत्र २०८२/८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा छोटो…