कीवर्डहरू -

शिक्षा

एम्बिसन गुरूको एपबाटै अब अभिभावकले छोराछोरीको पढाईको प्रगति हेर्न सक्ने

एम्बिसन गुरुले नेपालमै पहिलो पटक अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने सुविधा ल्याएको छ । 

एम्बिसन गुरुको मोबाइल एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीको प्रगति हेर्न मिल्ने गरी कम्पनीले एपभित्र प्यारेन्स फिचर ल्याएको हो । 

एपमा कति समय बसेर पढिरहेका छन्, उनीहरुले पढाइमा कति प्रगति भइरहेको छ, विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहाँ पाउन सकिने छ । 

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि  मोबाइलबाट नै अभिभाकले हेर्न पाउने छन् । 

कुनकुन विषयमा अझ मिहेनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एपको एआई प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि तपाइले परामर्श लिन सक्नुहुनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीको विश्वास छ ।  

इ- लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा हाम्रो एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको छ । हामी नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई,  +2, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउँछौ ।

लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दिका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेका छौ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाउँछौ ।  

कम्पनीको सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई हामीले छात्तवृत्ति प्रदान गरेका थियौ । भविष्यमासमेत यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीको छ । 


 

शिक्षा

एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने सरकारको तयारी

सरकारले एक कक्षादेखि नै विद्यार्थीलाई आईटी पढाउने तयारी गरेको छ । बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि …

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिदै लर्ड बुद्ध र क्यान महासंघ

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच  स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध…

२१ औं शताब्दी सुहाउँदो विद्यार्थी तयार पार्न शिक्षकका लागि २ दिने वर्कशप हुँदै

फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० आयोजना हुने भएको छ । निमा एकेडेमी, एड चेञ्ज नेपाल र जियोग्रेबा नेटवर्कको संयुक्त आयोजनामा …

त्रिविको बीआईसीटीई अध्ययन गरेका विद्यार्थीले पनि आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बीएड आईसीटी)/ब्याचलर अफ इन्फर्मेसन, कम्प्युनिकेसन, टेक्नोलोजी …

त्रिविमा बीसीए पढेका विद्यार्थीले पनि अब सरकारी आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्ष पढेका विद्यार्थीहरूले अब  सरकारी सूचना प्रविधि अधिकृत प…

सरस्वती पूजाको अवसरमा विद्यालय तथा कलेजलाई निःशुल्क स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला

सरस्वती पूजाको अवसरमा स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला निःशुल्क उपलब्ध हुने भएको छ ।

स…

बीआईटीको डबल डिग्री कोर्ष सञ्चालन गर्दै केयु, २ वर्ष नेपाल र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने

काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को डबल डिग्री सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालय र …

आजदेखि अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा पाइने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आज अर्थात माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्…

मास्टर्समा साइबर सेक्युरिटी कोर्ष पढाउने पुलचोक क्याम्पसको तयारी

पुलचोक क्याम्पसले मास्टर्समा साइबर सुरक्षा कोर्ष पढाउने तयारी सुरू गरेको छ । शुक्रबार लोकस २०२४ को उद्घाटन कार्यक्रममा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्…

पुल्चोक क्याम्पसमा पढिरहेका २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गर…

अब अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा, यस्तो छ लिने तरिका

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ ।

त्रिविको बीसीएलाई मानविकी संकायमा राखेकै कारण आईटी अधिकृत पदमा विद्यार्थीले आवेदन दिन पाएनन्

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा विद्यार्थी…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा सुरू

मकवानपुरको थाहा नगरपालिका चितलाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा शुरुवात गरिएको छ । यो …

समयानुकुल आईटी शिक्षा र सीप विकासका लागि डिईएस र त्रिविको सीएसआईटी विभागबिच सहकार्य

सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयक…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी शैक्षिक सञ्जाल इडियुरोममा आबद्ध

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका …