शिक्षा
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा नेपाल इको प्यानल उद्योगको शैक्षिक अवलोकन
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (NEC), चाँगुनारायण, भक्तपुरमा अध्ययनरत सिभिल इन्जिनियरिङ स्नातक (Bachelor in Civil Engineering) दोस्रो सेमेस्टरका १४४ जना विद्यार्थीले शैक्षिक भ्रमणअन्तर्गत ISO प्रमाणित नेपाल इको प्यानल उद्योगको अवलोकन गरेका छन् ।
सिभिल इन्जिनियरिङ सामाग्री (Civil Engineering Materials) विषयको पाठ्यक्रमअनुसार आयोजना गरिएको भ्रमणमा विद्यार्थीहरूलाई ७२–७२ जनाको दुई समूहमा विभाजन गरी उद्योगको अवलोकन गराइएको थियो ।
भ्रमणका क्रममा विद्यार्थीहरूले EPS–सिमेन्ट आधारित हलुका स्यान्डविच प्यानलको संरचना, उत्पादन प्रक्रिया, गुणस्तरीय निर्माण विधि, प्रमुख विशेषताहरू, इन्जिनियरिङ गुणहरू तथा भवन निर्माणमा यसको प्रयोगबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए ।
साथै, आधुनिक निर्माण प्रविधिमा यस्ता प्रिफ्याब्रिकेटेड प्यानलको महत्व, ताप तथा ध्वनि इन्सुलेसन क्षमता, भूकम्पीय दृष्टिले उपयुक्तता, अग्नि प्रतिरोधात्मक गुण तथा दिगो निर्माणमा यसको योगदानका विषयमा समेत जानकारी दिइएको थियो ।
यस शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा भइरहेको वास्तविक उत्पादन प्रक्रियासँग जोड्ने अवसर प्रदान गरेको थियो । उद्योगका प्राविधिकहरूसँगको अन्तरक्रियाबाट विद्यार्थीहरूले आधुनिक निर्माण सामाग्री तथा प्रिफ्याब्रिकेटेड निर्माण प्रणालीबारे थप व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
कार्यक्रमको सहजीकरण इन्जिनियर कृष्ण सुन्दर कुम्पाखाले गर्नुभएको थियो । उहाँले आधुनिक, वातावरणमैत्री तथा दिगो निर्माण प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै भावी सिभिल इन्जिनियरहरूलाई नवीन निर्माण सामाग्रीबारे व्यवहारिक ज्ञान प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल इको प्यानलले समय–समयमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूका लागि यस्ता औद्योगिक तथा शैक्षिक अवलोकन कार्यक्रम सञ्चालन गर्दै आधुनिक तथा दिगो निर्माण प्रविधि प्रति जनचेतना अभिवृद्धि गर्दै आएको छ ।
शिक्षा
परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएक…
एनसीआईटी : आईटी शिक्षा, अनुसन्धान र स्टार्टअप संस्कृतिको केन्द्र बन्दै
काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षाको इतिहास हेर्दा केही संस्थाहरूले मात्र समयसँगै आफ्नो पहिचानलाई बलियो…
त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह Bachelor in I…
विश्वविद्यालयका उपकुलपतिको छनोट प्रक्रिया सुरु, उम्मेदवारको अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
काठमाडौं । रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा …
नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित स…
नेपालको उच्च शिक्षा सुधारमा नयाँ पहल : ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र व…
सम्पदाको सौन्दर्य बढाउन सरकारको नयाँ योजना, वार्म लाइट प्रयोग गरिने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलहरूको सौन्दर्य अभिवृद्धि ग…
बीएससी सीएसआईटीमा भर्ना खुला, साउन २४ गते प्रवेश परीक्षा हुने
काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले शैक्षिक सत्र २०८३ का लागि चार वर्षे स्नातक तहको कम्प्…
कक्षा १२ को मौका परीक्षाको मिति सार्वजनिक, साउन २ र ३ गते परीक्षा हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचन…
‘डिजिटल त्रिवि’को तयारी तीव्र, विद्यार्थीले सेवा लिन कार्यालय धाउनुपर्ने झन्झट हट्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई पूर्ण रूपमा विद्युतीय प्रणा…
ब्रिटिस एक्रिडिटेसन काउन्सिलको पुन: मान्यता पाउने नेपालकै एकमात्र कलेज बन्यो द ब्रिटिस कलेज
काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्…
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ परीक्षाफल
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा स…
पहिलो र दोस्रो सूचीमा नपरेका विद्यार्थीलाई मौका, महानगरले खोल्यो छात्रवृत्तिको र्यापअप आवेदन
काठमाडौं । शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति अन्तिम मनोनयन (र्यापअप) प्रक्रियाका ल…