शिक्षा
कागेश्वरी मनोहरासँग सहकार्य गर्दै टेक्स्पायर कलेज, सामुदायिक विद्यालयमा टेक मेन्टरसिप
काठमाडौं । टेक्स्पायर कलेजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमूलक शिक्षा, करियर परामर्श र उद्योग क्षेत्रका विज्ञको मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले ‘कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षरसमेत भएको छ ।
विद्यालय तहको शिक्षालाई आधुनिक प्रविधि र उद्योग क्षेत्रसँग जोड्दै विद्यार्थीमा आवश्यक डिजिटल सीप, आत्मविश्वास तथा भविष्यका अवसरबारे जानकारी अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कलेजले जनाएको छ ।
स्थानीय सरकार, सामुदायिक विद्यालय र उद्योग क्षेत्रको सहकार्यमा सञ्चालन हुने कार्यक्रमले नेपालभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय प्रविधिमूलक सिकाइको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । व्यवहारिक सिकाइ, नवप्रवर्तनको प्रवर्द्धन तथा उद्योग क्षेत्रसँग प्रत्यक्ष सम्पर्कमार्फत विद्यार्थीलाई भविष्यका प्रविधिमूलक अवसरका लागि तयार पार्ने उद्देश्य कार्यक्रमले लिएको छ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई परियोजनामूलक सिकाइ (Project-based Learning), अन्तरक्रियात्मक कार्यशाला, उद्योग विज्ञको मेन्टरसिप, करियर मार्गदर्शन तथा प्रविधि सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता गतिविधिमार्फत विद्यार्थीको समस्या समाधान गर्ने क्षमता, डिजिटल साक्षरता र नवप्रवर्तनशील सोचको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको औपचारिक सुरुवातसँगै टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यसँगै कागेश्वरी मनोहरा नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने पहिलो स्थानीय तहका रूपमा सहकार्य गरेको जनाइएको छ ।
सम्झौताअनुसार नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नेछ । कार्यक्रमको पहिलो चरणमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र छनोट गरिएका सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागी गराइनेछ ।
पहिलो चरणको अनुभव र प्रभावका आधारमा कार्यक्रमलाई आगामी दिनमा अन्य स्थानीय तह तथा सामुदायिक विद्यालयमा समेत विस्तार गर्ने योजना रहेको टेक्स्पायर कलेजले जनाएको छ ।
कार्यक्रमले विद्यालय तहका विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै प्रविधिको व्यावहारिक प्रयोग, उद्योग क्षेत्रको कार्यशैली र भविष्यमा उपलब्ध हुन सक्ने करियर अवसरबारे प्रत्यक्ष जानकारी दिने अपेक्षा गरिएको छ ।
शिक्षा
विश्वविद्यालयको ढिलासुस्ती रोक्न सरकारको नयाँ कदम, परीक्षा र नतिजाको समयसीमा तोकियो
काठमाडौं । विश्वविद्यालयको परीक्षा कहिले हुने, नतिजा कहिले आउने र अर्को तहको पढाइ कहिले सुरु हुने भन्ने अनि…
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्ष…
समकक्षता सेवामा नयाँ व्यवस्था, आवेदनदेखि प्रमाणपत्रसम्म अनलाइन
काठमाडौं । विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको समकक्षता (इक्विभ्यालेन्स) सेवा अब विश्वविद्यालय अनुदा…
लर्डबुद्धले सुरू गर्यो नेपालमै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम
काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित ‘एम…
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने त…
एसीसीए परीक्षामा ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले ए…
प्रश्नपत्र चुहावटपछि त्रिवि ‘अलर्ट’, परीक्षार्थीका लागि कडा निर्देशिका जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा …
परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) परीक्षाक…
इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…
विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने
काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …
केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …
विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी
काठमाडौं । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला
काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…