शिक्षा
क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य, आईटी विद्यार्थीलाई छात्रवृत्ति दिइने
कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ ।
आइतबार (३१ चैत) मा भएको यस सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग-शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ ।
दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा. राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्न सकिने छ ।
यस सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ । दुई पक्षीय समझदारी अनुसार पारस्परिक विश्वास, पारदर्शिता र आत्मनिर्भर सहकार्यको सिद्धान्तमा आधारित रहेर काम गरिनेछ ।
यसैबीच मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म (२५% देखि १००% सम्म) शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४.० जीपीए स्केलमा २.७५ (वा अन्तर्राष्ट्रिय समकक्षता) हासिल गरेको हुनुपर्नेछ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले यी कार्यक्रमहरूमा भर्ना हुने विद्यार्थीलाई सिट उपलब्धता अनुसार छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।
आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म रहेको छ भने छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । आवेदन अनलाइन scholarship.can.org.np मा उपलब्ध फाराम भरि दिन सकिन्छ ।
क्यान महासंघले आफ्ना सदस्यहरूमाझ प्रचारप्रसार गरी इच्छुक अधिकतम व्यक्तिहरूले यी शैक्षिक कार्यक्रममा भर्ना आवेदन दिन आह्वान गर्ने बताइएको छ ।
सम्झौतापछि क्यान महासंघकी अध्यक्ष घिमिरे पाण्डेले नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा यो साझेदारी ऐतिहासिक हुने बताइन् । “नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अब आवश्यक कदम नै प्रविधि क्षेत्रमा आधारित शैक्षिक तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नु हो । यही सोचअनुसार हामीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्ने निर्णय गरेका हौं । यो साझेदारी नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएकी छु,” उनले भनिन ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले यो सहकार्यले विश्वविद्यालयका डिजिटल प्रविधि सम्बन्धी कार्यक्रमहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् । उनले भने, “हामीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिसँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकता दिँदै आएका छौं । अब निजी क्षेत्रको सहभागितासँगै ती कार्यक्रमहरू थप सशक्त र व्यावसायिक बन्नेछन् । क्यान महासंघसँगको सहकार्यले विद्यार्थीहरूलाई समय सान्दर्भिक ज्ञान र सीप दिनुका साथै अनुसन्धान तथा नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्नेछ भन्ने विश्वास लिएको छु ।”
शिक्षा
नेसनल आईसीटी स्कलरसीपको आवेदन खुला, आईटी पढ्न चाहनेलाई २ करोड बढीको छात्रवृत्ति
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी…
पाल्पाका सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब …
एआई पढ्न चाहने विद्यार्थीलाई ‘आइइएलटिएस’ छात्रवृत्ति दिदै सनवे कलेज, कसरी दिने आवेदन ?
काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घ…
द वेस्टमिन्स्टर कलेज: ‘समस्या समाधान’ सिकाइमा जोड
ललितपुरको कुपण्डोलमा रहेको आईटी कलेज हो, द वेस्टमिन्स्ट…
प्रगतिशील शिक्षा निर्माण गर्दै बैतडीको डिलासैनी गाउँपालिका
बैतडीको डिलासैनी गाउँपालिकामा एनसेल फाउन्डेसनको आयोजना र सहयोगमा एडचेन्ज नेपालको कार्यन्वयन तथा डिलासैनी गाउँपालिकाको समन्वयमा प्रगतिशील शिक्षा निर्म…
ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सरकारले इन्टर्नसीप दिने, ढाँचा बनाउन कार्यदल गठन
सरकारले आईटीसहित अन्य विषयहरू अध्ययन गरेका ब्याचलरका विद्यार्थीलाई इन्टर्नसीपको अवसर दिने भएको छ । यसका लागि सरकारले प्रक्रिया अ…
त्रिविबाट सञ्चालन हुने परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने
त्रिभुवन विश्वविद्यालयले परीक्षामा विद्यार्थीले एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिविको शिक्षाध्यक्षको कार्यालय…
काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार
काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।
इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य
इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको छ । शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको ह…
पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज
विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…
एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?
काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…
एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…
द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने
डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य
देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिश…
एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) प…