शिक्षा
‘नेसनल आईसीटी स्कलरसिप २०७९’ को आवेदन खुला, आईटी पढ्न ४९ जनाले छात्रवृत्ति पाउने
कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृति ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को आवेदन खुल्ला गरेको छ ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा क्यान महासंघले सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गर्न गरिब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
यो छात्रवृत्ति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो । ‘नेसनल आईसीटी स्कलरसिप-२०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।
ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउन यस कार्यले टेवा पुर्याउने विश्चास छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।
क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।
छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (BSc. IT) को अध्ययन गर्न पाउनेछन् ।
नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रबृतिका लागि हाल कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।
छात्रवृत्ति देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।
त्यस्तै लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजी साझेदारिको निम्ति प्रोत्साहन बताए ।
शिक्षा
कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । …
माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने
आगामी सातै प्रदेशका माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध…
एसइईपछि कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु
भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्…
कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि \'टूल नेपाल\' मोबाइल एप
टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्न…
धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी
धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा अब अनलाइनबाटै स्टिम कोर्ष पढ्न पाइने भएको छ । निमा एकेडेमी र दूरशिक्षाको सहकार्यमा…
पाटन कलेज फर प्रोफेसनल स्टडीजको चौंथो दीक्षान्त समारोह सम्पन्न
ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको चौथौ दीक्षान्…
गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने
ई-लर्निङ प्लेटफर्म गुरूबाले शिक्षा सम्बन्धि सूचना र समाचार दिने भएको छ । पूरानो वेब…
शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद
वेद स्कुल व्यवस्थापन प्रालिले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा …
खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन
नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संका…
थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै
सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यस…
स्वयंसेवी पर्यवेक्षकमा के सबै विश्वविद्यालयका आईटी पढ्ने विद्यार्थीले दिन पाउँछन् आवेदन ?
सबै विश्वविद्यालयमा आईटी (सूचना प्रविधि) पढ्ने विद्यार्थीले स्वयंसेवी पर्यवेक्षकका लाग…
ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?
काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ…