कीवर्डहरू -

शिक्षा

नेपालीले अस्ट्रेलियामा खोलेको प्राविधिक कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति 

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राविधिक कलेज ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको हाववाटमा पनि नयाँ कलेज सन्चालनको अनुमति पाएको छ ।

नयाँ कलेजको नाम ‘आइ आइ इ तास्मानिया क्याम्पस’ रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए।

तास्मानियाको नियम अनुसार प्राविधिक विषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिजाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राविधिक कलेजमा विद्यार्थीको आकर्षण रहने लोहनीले बताए ।

उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने  आइ आइ इ तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए ।

साबिकको कलेजमा ४ सय बीस र नयाँमा ३ सय ५० गरि अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सन्चालनमा आउनेछ । कलेजमा प्राविधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने लोहनीको दावी छ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको लोहनीले बताए।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनीको भनाइ छ ।

गत वर्ष न्यू साउथ वेल्समा सुरु भएको आइ आइ इका विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुविधा समेत रहेको बताइएको छ ।

शिक्षा

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक स…

अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्…

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एम…

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ …

परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्…

मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

इ-लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ । …

अनलाइन कक्षाले तनावमा बालबालिका

नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्ष…

फाइभजीको चटारो नसकिदै सिक्सजीको हतारो, कुन देशले के गर्दैछन् ?

नेपालमा थ्रिजीपछि भर्खर फोरजीको विस्तार हुँदैछ । सबै ठाउँमा फोरजी पुगेको छैन् । फ…

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले माग्यो २० जना कलाकार

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले शिक्षक र वि…

त्रिभुवन विश्वविद्यालयको समकक्षता अब अनलाइनबाटै पाइने

त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि ह…

डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?

लिभिङ विथ आइसिटीले नेपालमै पहिलो पटक डिजिटल नेपालको विषयमा राष्ट्रिय स्तरको प्रति…

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साता…

भिडियो बनाएर अनलाइन कक्षाको अनुभव शेयर गर्दा सय रुपैयाँ, विजेतालाई ल्यापटपसहित थप पुरस्कार 

वेदले खल्तीसँगको सहकार्यमा हातहातमा शिक्षा अभियान ल्याएको छ । विद्यार्थी र शिक्षकलाई…

इन्टरनेटबिना पनि निमा एकेडेमी एपबाट पढ्न सकिने

अब निमा एकेडेमीको मोबाइल एपबाट बिना इन्टरनेट पनि पढ्न सकिने भएको छ । विद्यार्थीहर…