कीवर्डहरू -

आईएसपी

सीजी नेटको वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा

इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ । 

वाईफाई सिक्सले विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिरहेको सीजी नेटले हाललाई यो प्रविधि काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा विस्तार भएका स्थानहरूमा उपलब्ध गराएको छ । 

आफ्ना विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यही साउन ११ गतेसम्मको लागि निःशुल्क वाईफाई सिक्स प्रविधि उपलब्ध हुनेछ ।

बाँकी ग्राहकहरूको लागि ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४४९ र ६६७ एमबीपीएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ । आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।

आईएसपी

वर्ल्डलिंकले सरकारविरूद्ध हालेका सबै रिट खारेज, राज्यलाई करिब २ अर्ब बुझाउनुपर्ने

सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदिएको छ । हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेद…

आईस्पानले भन्योः सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट उ‌द्योग धराशायी हुने अवस्था आयो

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल …

निर्वाध इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकलाई नियामकको निर्देशन, कारवाहीको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले आम उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । …

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

इन्टरनेटहरू सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट सेवा जुनसुकै अवरूद्ध हुन सक्ने बताएका छन् । बिहीबार इन्टरनेटहरू सेवा प्रदायकहरूक…

नौं लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।…

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…

इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको छ । 

कसरी उत्कृष्ट छ नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक सेवा ?

इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक से…

यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेद…

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।