कीवर्डहरू -

समाचार

प्रभावकारी बन्दै एकै पटक धेरैलाई म्यासेज पठाउने टेलिकमको सेवा, कसरी गर्ने प्रयोग ?

एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको नेपाल टेलिकमले जनाएको छ ।

यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ ।

यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १०,००० (दश हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ ।

यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

समाचार

दराज ११ः११ मा सानिमा बैंकमा कार्ड प्रयोगकर्ताले ३ हजारसम्म छुट पाउने

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भ…

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरा…

डिजिटल अपराध र एथिकल ह्याकरको भूमिका विषयमा शुक्रबार सफ्टवेरिका कलेजमा कार्यक्रम हुँदै

सफ्टवेरिका कलेजको आयोजनामा एथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम शुक्रबार ह…

दराज ११.११ मा हिमालयन बैंकको कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११.…

एआई जनशक्ति तयार गर्न फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, कसरी दिने आवेदन ?

नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले ने…

ग्यापुको हजारमा बजार योजना, हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने

नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्ग…

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ? 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरे…

दूरशिक्षाको ग्राण्ड स्कलरसीप विक अफर, आईटीका कोर्षमा १० हजारसम्म छुट पाइने  

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ प्रदान गर्दै आएको संस्था दूरशिक्षाले ‘ग्राण्ड स्कलरसीप वि…

सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूक…

ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने

इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच …

विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार

राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत २० जना अन…

डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस …

फुटबलको विश्वकप हेर्न ग्राहकबाट ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश 

विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्ण…

दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पा…