कीवर्डहरू -

समाचार

नबिल फोन लोनमार्फत् अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु.१ लाख रहेकामा त्यसलाई बढाएर अब रु.२ लाख पुर्याइएको हो । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।

नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पेई लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् भने आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पेई लेटर’ को विकल्प रोज्न सक्छन् ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल) ले बताए ।

‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उनले थपे ।

समाचार

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने \'इन्टरनेट\' गित सार्वजनिक

गीतकार तथा गायक विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “ इन्टरनेट “ म्युजिक…

लारामाइन्ड्सको प्लेसमेन्ट तथा इन्डस्ट्री/ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ब्रोडवे इन्फोसिसबीच सम्झौता भएको छ । योङ माइन्ड्सक…

एनसेल सीएसआर सर्वेक्षण २०२२ सञ्चालन गर्दै एनसेल, यसरी हुनुहोस् सहभागी 

एनसेलले लामो समयदेखि आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत समाज र …

दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना अन्तर्गत थप एक जनाले एक ला…

केपी ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुरा गर्न १ लाख…

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको…

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सुरू, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

ह्वावे नेपालद्वारा दोस्रो वर्षको सीड्स फर द फ्युचर कार्यक्रम सम्पन्न

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै आईसिटी –सम्बन्धित विषयका स्नातक तहका विद्यार्…

खल्तीबाट मेट लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार सम्म क्यासब्याक

’खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ता…

टेलिकमको अटम अफर, यस्ता छन् सुविधा 

नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर से…

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास ग…

ग्यापुको ‘दिपावली बहार’ अफर, सामग्री खरिदमा २० प्रतिशतसम्म छुट

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै…

केमेष्ट्री शिक्षकका लागि भोलिदेखि २ दिने वर्कशप हुँदै, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

प्रेसिडेन्सियल बिजनेस स्कूल एक्सीलेन्स एजुकेशन र इमर्जिंग आईटी कलेज अर्वाडबाट सम्मानित

प्रेसिडेन्सियल बिजनेस स्कूलले ‘एक्सीलेंस एजुकेशन अवार्ड’ र ‘इमर्जिंग आईटी कलेज अफ द…

सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोबेल प्राइज भनेर…