समाचार
आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित
बिजबेलका संस्थापक, आइसिटी अवार्डका जुरी तथा युवा जलविद्युत् उद्यमी सुशील पोखरेल सन् २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत् मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो ।
कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको थियो । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् ।
विश्व जलविद्युत् मञ्चमा भएको यो उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई त प्रोत्साहन मिलेको छ नै यससँगै नेपालको गरिमालाई समेत उचाइमा पु¥याएको छ ।
पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन् ।
उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने बताए । ‘दिगो जलविद्युत् मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत् आयोजनाहरू प्रमाणीकरण भएका छन्,’ उनले खुसी व्यक्त गरे, ‘यसले हामीलाई हरित ऊर्जा विकासमार्फत दिगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरू प्रदान गरेको छ ।’
दिगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म १००० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने एउटा अग्रगामी अभियान लिएर हिँडेका छन् । आज उनले बिजबेल कम्पनी मार्फत मध्य तथा दक्षिण एसियामा हरित ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्ने अभियानमा आफ्नो गर्विलो पहिचान बनाउँदै अगाडि बढेका छन् ।
३ दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९०० भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कुटनीतिज्ञ तथा जलविद्युत् क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्रले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ ।
आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।
समाचार
म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली
आइटेक कर्णालीले म्यापिंग सागा :ओएसएम ट्रेनिंग एण्ड म्याराथन आयोजना गर्ने भएको छ । यो कार्यक्रम ओपन…
सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव
सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी…
लगानी तथा व्यापार अभिबृद्धि गर्न सीएनआई अगोरा वेब प्लेटफर्ममा आवद्ध
नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिबृद्धिमा सहयोग ग…
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्…
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना, तिमलाले जिते एक लाख नगद
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत डिशहोमका ग्राहक परशुराम तिमिलाले नगद १ लाख जितेका छन् । सोम…
डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेप…
शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने
आईसीसी पुरूष टी २० विश्वकप एशिया छनौट अन्तर्गतको सेमिफाइनल खेल मैदानमा आएर हेर्न आईएमई पेबाट टिकट काट्न क्यानले अनुरोध गरेको …
सागर ग्रुपको ब्रदर एक्सपेरियेन्स सेन्टर उद्घाटन, अब प्रडक्ट अनुभव गरेर पनि खरिद गर्न सकिने
सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देश…
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका…
आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने
प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप …
शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा शतकदेखि रनसम्म बनाउने खेलाड…
अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले बनाएको मस्यौदामा कर्मचारीतन्त्र हावी छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाविर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकारले तयार पारेको मस्यौदामा…
नेपाल पे इनस्ट्यान्टबाट निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने
दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्र…
नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ ।&nb…
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर…