कीवर्डहरू -

समाचार

स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार

एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्रणालीलाई इन्नोभेटिभ डिजिटल प्रणालीबाट सुधार गर्ने उद्देश्यले बैंकले च्यालेञ्ज आयोजना गर्न लागेको हो । 

डिजिटल पेमेन्ट, इन्स्योरटेक, एक्सेस टु हेल्थ स्किम र फ्रड डिटेक्सन थिममा रहेर आवेदन दिन सकिने छ । यी थिममा आधारित रहेर काम गरिरहेका डिजिटल स्टार्टअप वा आईडियाले आवेदन दिन सक्ने छन् । आवेदन सोमबारसम्म मात्रै दिन सकिने छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि शर्ट लिष्ट र पिचिङको प्रक्रिया सुरू हुनेछ । 

डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज छनौट भएका २ वटा स्टार्टअपले एशियाली विकास बैंक र विकासशील देशको सरकारसँग डिजाइन तथा कार्यान्वयनका लागि नजिक रहेका काम गर्न पाउने छन् । 

यस बाहेक उत्कृष्ट स्टार्टअपलाई २० हजार अमेरिकी डलर बराबरको ग्राण्ट र एडब्लुएसको क्रेडिट समेत प्रदान गरिने छ । सहभागीले मेन्टरसीप र नेटवर्किङको अवसर पाउने पनि जनाइएको छ । 


एशिया र प्यासिफिक क्षेत्रका केही देशले सार्वजनिक स्वास्थ्य प्रणालीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र किफायतीता बढाउन विश्वव्यापी स्वास्थ्य कभरेजको वित्तपोषण गर्ने लक्ष्य हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन् । त्यसैलाई कम गर्न एडीबीको यस च्यालेञ्जको सुरूवात गरेको हो । 

एशियाली विकास बैंकले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्जका लागि डालबर्ग, आईक्युभीआईए र अमेजन वेब सर्भिसेससँग सहकार्य गरेको छ । 

समाचार

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

सुपर एप बन्दै पठाओ, लोगो समेत परिवर्तन

राइड सेयरिङ/हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक…

लाखौं खर्च गरेर सामुदायिक विद्यालयमा राखिएका विद्युतीय हाजिरी मेसिन केही महिनामै बिग्रिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सक…

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शी…

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने भएको छ । गुगलको (सर्च जेनेरेटिभ एक्सपिरियन्स) सुविधाको सहयोगमा एआई इमेज बनाउन सम्भव हुनेछ ।

१५५ देशमा सञ्चालित बोटिम अल्ट्रा एपबाट अब आईएमई पेमा सोझै रेमिट्यान्स पठाउन सकिने

नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम …

डिजिटल मिडिया सोसाइटी गठन

डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भ…

पठाओ दशैं महोत्सवमा बोगटी र सिंहले जिते यामाहा रे जेडआर

‘पठाओ दशैं महोत्सव-२०८०' को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रि…

बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम

चौधरी गु्रप अन्तर्गतको मल्टी ब्रान्ड  शोरुम सिजी डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सिजी …

राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारा…

नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना

त्रिभुवन विश्वविद्यालया (त्रिवि) मा नेपालको पहिलो अमेजन क्लाउड सर्भिसेस (एडब्लुएस) क्लाउड क्लब स्थापना भएको छ । 

एडब्लुएस क्लाउड क्लबले विशेष गर…

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ परेका छन् ।

असोज २८ गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई …

तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङ…

चौंथो वर्षमा आइसिटी समाचार डटकम

‘प्रविधि सँगसँगै’ भन्ने नारासहित सुरू भएको आईसीटी समाचार डटकम तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा सूचना तथा सञ्चा…

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा स…