समाचार
हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्ने बताएकी छन् ।
विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने बताइन ।
हुलाक सेवालाई आधुनिक, प्रविधियुक्त, प्रतिष्पर्धी र भरपर्दो बनाउनुपर्नेमा जोड दिंदै उनले अब स्मार्ट हुलाकमार्फत विश्वमै प्रतिष्पर्धा गर्नसक्नुपर्ने बताइन् ।
‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती भएको छ,’ मन्त्री शर्माले भनिन, ‘सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’
मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने उल्लेख गर्दै उनले थपिन, ‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त संगठनात्मक पुनर्संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नु उत्तिकै आवश्यक रहेको छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा ब्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहन्छु ।’
विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो रहेको उल्लेख गर्दै उनले संसारका अन्य देशहरुले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अंग नै बनाइएको भए पनि नेपालमा भने यसलाई अझै पनि सरकारी निकायले नै ऐच्छिक सेवाको रुपमा प्रयोग गर्ने गरेकोमा यो अवस्थालाई बदलेर सम्पूर्ण सरकारी सामग्रीको ओसारपसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनु आवश्यक रहेको बताइन् । त्यसका लागि केही दिनअघि मात्रै सरकारले नीतिगत निर्णय गरिसकेको जानकारी पनि उनले दिइन ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्नेतिर योजना बनाउनुपर्ने बेला आएकोमा पनि मन्त्री शर्माको जोड छ । ‘अब हुलाक सेवा कम्प्युटर, इन्टरनेट, सफ्टवेयर प्रणालीसहितको ट्रयाकिङ प्रणाली र डिजिटल प्लेटफर्मयुक्त हुनु जरुरी छ । देशभित्र र बाहिर इमेल प्रयोग गरी पत्र व्यवहार गर्न र सफ्टवेयर प्रयोग गरी विवरण अध्यावधिक गर्ने कार्यको थालनी गर्नु आवश्यक छ’– उनले भनिन, ‘कुन हुलाक वस्तु कहिले पठाइएको हो र अहिले प्रापकले प्राप्त गर्नुभयो वा कहाँ पुग्यो भन्ने खालको ट्रयाकिङ प्रणाली प्रयोग आवश्यक छ । यसले नयाँ खालको हुलाक ठेगाना निर्धारण र त्यसलाई केन्द्रिकृत प्रणालीमा आबद्ध गर्न सहयोग गर्नेछ ।’
सरकारले यसै वर्षदेखि हुलाक बचत बैंक खारेज गरेर हुलाक बचत बैंकमा रहेका खाता र रकम जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हस्तान्तरण गरिएको जानकारी दिंदै उनले हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गरिने जानकारी गराइन ।
समाचार
ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा…
फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड व…
सामसङका विद्युतीय सामग्री खरिद गर्ने वर्ल्डलिंकका ग्राहकलाई १५ हजारसम्म छुट
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खर…
विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी
नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूकाबि…
क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको टिकेटिङ्ग पार्टनरमा आईएमई पे
नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणन…
एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने
अब एनसेल नम्बरमा डिजिटल वालेटबाट ४० रूपैयाँभन्दा कम टपअप गर्न नसकिने भएको छ । डि…
ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट
एप्पलले आफ्नो नवीनतम आइओएस १७.०.३ अपडेट जारी गरेको छ । यो एक विशेष समस्या समाधा…
दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धम…
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार ब…
सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न
सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्ट…
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका…
अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने
जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्र…
तिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्…
चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने
चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितर…
दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने
सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो …