कीवर्डहरू -

समाचार

पठाओ दसैं महोत्सव घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट

पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि 'पठाओ दसैं महोत्सव' अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ' कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई' भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।

कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए । यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।

बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ ।

कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ । ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ ।

यसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, ५५ र ५५५ को अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।

समाचार

पठाओको ५ औं वार्षिकोत्सवमा १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै 

पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)…

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायत…

आइएमईमार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्न सकिने

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका  नेपाली द…

सिंहदरबार प्रवेश गर्न अब क्युआर कोडसहितको गेट पास 

देशको प्रशासनिक निकाय सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्…

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न, २ हजार ग्राहकले लिए सवारी सर्भिस सेवा

आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ । भदौ १७…

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू, यस्ता छन् मुख्य आकर्षण 

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू भएको छ । कीर्तिपुर स्थित…

जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू 

जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब…

सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा …

अब संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना त…

दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा सम्बन्धि कार्यक्रम सम्पन्न

नेपाल सूचना तथा सञ्चार प्रविधि सेवा संघ (यूएनआइसिटीएस नेपाल) 'नेपालमा दिगो रोजग…

अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि र…

एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरिया…

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर सार्वजनिक

डि.टी.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक …

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र…

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति, कहिले सुरू होला परीक्षण ?

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति दिएको छ । अमेरिकाको…