समाचार
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरु लगायत अन्य कमर्चारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरुका पसल-पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
नेपाली आम उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा विक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिईएका थिए ।
“ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ । ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केही भए त्यस बारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपुर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ । त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौं । बजार-केन्द्रित मानसिकता हामी सबैमा रहन आवश्यक छ । हाम्रा ग्राहकहरूसँग यसरी भेट्ने क्रमलाई हामी निरन्तरता दिने छौं ।”
बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ-आफ्नो तोकिएका क्षेत्रहरुमा गरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढि खुद्रा बिक्रेताहरुका पसल.पसलमा पुगेका थिए । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रतक्ष्य अन्तरक्रिया गरि मायाको चिनो समेत वितरण गरेका थिए ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूणर् फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।
समाचार
नमस्ते पेको नयाँ अफर, नयाँ प्रयोगकर्ताले पूर्ण केवाईसी भर्दा ५० रूपैयाँ पाउने
डिजिटल वालेट नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका …
एनएमबी बैंकको डिजी स्टेशन, नगद डिपोजिटदेखि क्लियरिङ चेक डिपोजिटसम्मको सुविधा
एनएमबी बैंकले डिजी स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने…
बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने
नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा …
योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले योग्यता नपुगेका शिक्षकहर…
स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर
यदि तपाई आफ्नो फोनको स्टोरेजको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईको लागि खुसीको ख…
सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’
सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ । कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कु…
भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशै…
सैनिक पेट्रोल पम्पमा अब डिजिटल भुक्तानी काउन्टर
हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल…
फूडमान्डुमा अबदेखि ५०० रूपैयाँभन्दा कमको पनि फुड अर्डर गर्न सकिने
नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रूपैयाँको न्यूनतम अ…
इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका
स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले…
अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाई…
अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम
अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको …
एनसेलले सातै प्रदेशका सामुदायिक विकास परियोजनालाई १० लाखसम्म दिने, कसरी दिने आवेदन ?
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन…
१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका
एनसेलले आफ्नो १८ औं वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुसँग खुसियाली बाड्नका लाग…
१९ औं वर्षमा प्रवेश गर्यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर
एनसेल जियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ वार्षिकोत्सव मनाएको छ । कम्प…