समाचार
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै
चाइल्डसेफनेटले आज अर्थात फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउँदै छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि फेब्रुअरी ७ मा हरेक वर्ष सुरक्षित इन्टरनेट दिवस’ मनाइने गरिएको छ ।
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ आज नेपालसहित विश्वभर सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ । विगतदेखि नेपालमा पनि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउँदै आएको छ ।
प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा सुरक्षित इन्टरनेट दिवस’ विश्वका १७० भन्दा बढी देशहरुमा मनाइन्छ । सन् २०१९ देखि चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको नेपाल सचिवालयको रुपमा सुरक्षित इन्टरनेट दिवसका आयोजना र प्रवर्धन गर्दै आएको छ ।
यस दिवसले डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोगबारे सचेतना बढाउन तथा सुरक्षित अनलाइन संसार सिर्जना गर्नका लागि हामी सबैले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ ।
सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ ।
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्ने बताए ।
बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा दिवस पर्नुपर्ने रघुवंशी बताउछन् ।
बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दूरव्यवहार र शोषण, साइबरबुलिङ्, साइबर ग्रूमिङ्, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्दछ ।
आमाबुुबाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रूपमा प्रयोग गर्न सघाउँदछ । त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघसंस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुरक्षित राख्न समयमै उपयुक्त कदम चाल्नु आवश्यक छ ।
कोभिड–१९ विश्व महामारी पछि विश्वव्यापी रूपमा अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए । सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको सङ्ख्या २६३,१३० पुगेको छ ।
यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिवन्ध पछि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको छ ।
यस वर्ष, सुरक्षित इन्टरनेट दिवस माघ २४ अर्थात आज मनाइएता पनि, अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिनेछन् । चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
नेपालमा सुरक्षित इन्टरनेट दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका पैंतीस भन्दा बढी संस्थाले ऐक्यबद्धता व्यक्त गरेका हुन् ।
यसबाहेक, चाइल्डसेफनेट र सहकर्मी संस्थाहरू बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, चाइल्डफन्ड जापान, डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस, वेदः क्रिएशन सोसाइटी र लभ ग्रीन नेपाल लगायतले बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे सचेतनामूलक सञ्चालन गर्नुको साथै युवाहरुको अन्तरक्रिया, निबन्ध प्रतियोगिता, भिडियो प्रदर्शन र हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गर्दै छ ।
त्यसैगरि सिविन नेपाल, अम्ब्रेला अर्गनाइजेसन र भ्वाइस अफ चिल्ड्रेन लगायतका बालबालिकाका मुद्दामा काम गर्ने संस्थाहरुले अनलाइन सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन हुँदै छ ।
समाचार
मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार न…
हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ?
युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिन…
टेलिकमले सुरू गर्यो फाइभजी परीक्षण
नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको …
४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस
नेपाल टेलिकमले २९४ रूपैयाँ २० जीबी डाटा दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको…
टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने
रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अव…
१२ हजारमा एक वर्षका लागि टेलिकमको २० एमबिपिएस इन्टरनेट, टेलिफोन र एनटीटीभी
१२ हजार रूपैयाँमा १ वर्षका लागि नेपाल टेलिकमको २० एमबिपिएस इन्टरनेटसहित आईपीटीभ…
फोन पेबाट अब बिना इन्टरनेट पनि पैसा तिर्न सकिने
फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्ला…
खल्तीको खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक
खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो…
च्याटजीपीटीको १०० मिलियन प्रयोगकर्ता पूरा
च्याटजीपीटीले जानवरीमा १०० मिलियन प्रयोगकर्ता पुर्याउन सफल भएको थियो । च्याटजीपीटी…
डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने
डिजिटल वालेट पेवेल एपबाट क्यान इन्फोटेक २०२३ को टिकट २५ रूपैयाँमै पाइने भएको छ …
क्यान इन्फोटेकमा प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तरबारे छलफल हुने
कम्प्युटर एसोसियन अफ नेपाल महासंघ को आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म…
नबिल बैंकका ग्राहकलाई शाओमीका सामान खरिदमा इएमआई सुविधा
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल…
भक्सक्रोको ५ औँ वार्षिकोत्सब: कल सेन्टरको प्रयायवाची बन्दै गेटडेस्क
नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी 'भक्सक्रो'ले स्थापनाको …
नेपालमा \'सुरक्षित इन्टरनेट दिवस\' मनाउँदै चाइल्डसेफनेट
चाइल्डसेफनेटले फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउने भएको छ । बालबालिका तथ…
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल…