कीवर्डहरू -

समाचार

इन्फोडेभलपर्स क्यान इन्फोटेक सम्पन्न, ३ लाख बढीले गरे अवलोकन

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८ औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गरेकी थिइन् ।

सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरू सहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार,  समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गरेका थिए ।

आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए ।

यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी - इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन्  ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आइएमई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्‍याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका थिए  ।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए ।

त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो । यसरी प्रदर्शनीमा १५० बन्दा बढी स्टलको सहभागिता रहेको थियो ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे ।

आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रमसमेत गरिएको थियो, जसमा १९३ जना रक्तदानमा सहभागी भएका थिए । त्यस्तै अभियन्ता फाउन्डेसनले क्यान महासंघसँग सहकार्य गरी ६ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

यसअन्तर्गत मधुमेह जाँच तथा परामर्शमा २४० जना, आँखा जाँच तथा परामर्शमा २३४ र दन्त जाँचमा २५३ गरी कुल ७२७ जनालाई सेवा प्रदान गरिएको थियो ।

त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो ।

यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । यसका लागि तयारी तीव्र गतीमा अगाडि बढेको छ ।

क्यान आईसीटी सेमिनार २०२३ सम्पन्न

क्यान इन्फोटेक २०२३ को अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आईसीटी सेमिनार आयोजना गरेको छ । यसअन्तर्गत माघ २५ देखि माघ २९ गतेसम्म विभिन्न ४ विषयमा आईसीटी सेमिनार गरिएको थियो ।

आयोजकका अनुसार माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया गरिएको थियो । त्यस्तै माघ २६ गते ब्लकचेन प्रविधि र फिनटेक विषय गरी दुई विषयमा सेमिनार आयोजना गरिएको थियो ।

त्यस्तै माघ २९ गते आइतबार नेपालमा इन्टरनेट इकोसिस्टम विषयमा सरोकारवालाबीच अन्तर्क्रिया गरिएको थियो । सो अवसरमा ब्यान्डविथ इस्यु, इन्टरनेको गुणस्तर, डेटा लिक लगायतका विषयमा इन्टरनेट सेवाप्रदायक, नियामक र उपभोक्ताको तर्फबाट वक्ताहरूले आफ्ना भनाइ राखेका थिए ।

सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला व्यक्तिहरू बीच सार्थक अन्तर्क्रिया गराउन क्यान इन्फोटेक सफल भएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

समाचार

\'क्यानभास ग्यापु टिकटक हिरोज\'मा ३० टिकटकरलाई अवार्ड, नम्रताले जितिन् २ लाख नगद

नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसले  'टिकटक हिरोज् सिजन टु'का टिकटक क्रिएटरहरुलाई व…

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध

नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा द…

नेपालमा बनेको ओएमआर स्क्यानर

बारकोड नेपाल प्रालिले शैक्षिक संस्था तथा इन्स्टिच्यु हरूलाई लक्षित गरी कम लागतको ओएम…

शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण, निःशुल्क प्रवेशको व्यवस्था

रिभ्याम्प नेपालको पाँचौं संस्करण “रिभ्याम्प नेपाल २०२३” माघ २८ गते शनिबार ठमेलको छ…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बर्सेनी हजारौ सरकारी तथा सामुदायि…

क्यान इन्फोटेकमा युवाहरूको आकर्षण बढ्दो

भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोट…

ब्रदर प्रिन्ट एक्स्पोमा ५० प्रतिशतसम्म छुट

सागर ग्रुपले माघ २४ गतेदेखि सुरू भएको ब्रदर प्रिन्ट एक्स्पो २०२३ चलिरहेको छ । माघ २…

आईएमई पेबाट अब ललितपुर महानगरपालिको कर तिर्न सकिने

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न …

गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशा…

सफ्टवेरिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी रोजगारी दिने

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई(कमर्स, काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएच…

क्यान इन्फोटेक अवलोकन गर्नेलाई आईएमई पेको निःशुल्क भिसा कार्ड

डिजिटल वालेट आईएमई पेले इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ अवलोकन गर्नेलाई निःशुल्क …

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूको जोड

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महास…

महिलाकालागि नेपालकै सबैभन्दा ठूलो \'ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन\' आयोजना हुँदै

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ …

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च

ओसी ग्रुपले सोमबारबाट  सञ्चालनमा ल्याइएको ‘मेरो डिस्काउन्टस्’ एक मात्र स्थानीय अनलाइन…

सुरू भयो क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबार अर्थात आ…