समाचार
सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् ।
सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् ।
एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् ।
सुधिर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए ।
अहिले नेपालमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधिर र सन्त मात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिककालागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ ।
'लामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो ।' बलुन नेपालका अध्यक्ष बिक्रम बाडे थप्छन् 'समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरिएको छ ।'
समाचार
सफ्टवेरिका कलेजमा नि:शुल्क ड्रोन वर्कसप हुने, सहभागीताकालागि दर्ता खुल्यो
१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:…
वाई–फाई नेपालको मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट
इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि स…
एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ए…
नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप …
ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार
अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ। यो अभियान स…
नमस्ते पेले ल्यायो फेस्टिभ क्याम्पेन, ४९ दिनसम्म प्रयोगकर्ताहरुले विभिन्न सेवाहरुमा अफर पाउने
नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस…
ग्लोबल आइएमइ क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध
ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई ने…
साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने
साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन…
एन आई सी एशिया बैंकका ग्राहकहरुले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट पाउने
समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको एन आई सी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन क…
एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक
नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एसस…
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस प्राप्त गर्न सक्ने
एनसेलले दशैं रिचार्ज बोनस सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दि…
दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध
ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको …
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइ…
वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने
वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल…