समाचार
प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली
काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ ।
गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ ।
त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ ।
अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट रु तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट रु २२ करोड ३५ लाख ५२ हजार र सबैभन्दा कम वडा १८ बाट रु चार लाख ९८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन् । कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ ।
यहीअनुरुप कर सङ्कलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आवमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो ।
अनलाईन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो ।
अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्क करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।
करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ ।
करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानून र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् ।
त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपीएस, फोनपे, आइएमइपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । रासस
समाचार
नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य
नबिल बैंक र वान टु वाच बीच ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा …
क्वालकमले सार्वजनिक गर्यो स्न्याड्रयागन ८८८ फाइभजी प्रोसेसर
क्वालकमले स्न्यापड्रयागन ८८८ फाइभजी मोबाइल चीप सार्वजनिक गरेको छ । साओमी, ओप्पो, रि…
एनसेलको नयाँ भ्वाइस प्याक, ४८ रुपैयाँमा २२५ मिनेट टक टाइम
एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्…
अङ्ग्रेजी नयाँ वर्षमा घुम्दै हुनुहुन्छ ? यस्ता छन् एक्सलट्रिप नेपालका अफरहरु
नेपालकै पहिलो अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लाटफर्म एक्सलट्रिप नेपालले क्रिस्मस तथ…
वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम अब खल्तीबाटै तिर्न सकिने
वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको…
नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल…
ई विजनेस पोलिसी सम्बन्धी शुक्रबार छलफल हुँदै, यस्तो छ कार्यक्रमको तालिका
शुक्रबार अर्थात भोली ‘ई विजनेस पोलिसी फोरम’ आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथ…
महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा
महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्य…
एनआईसी एशिया बैंकको मोबाइल एपबाटै मुद्दती खाता खोल्न सकिने
एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुव…
वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने
स्याङ्जाको वालिड्ग नगरपालिकाका बासिन्दाले खल्तीबाटै राजस्व बुझाउन सक्ने भएका छन् । खल्…
‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक हुँदै
सम्वृद्धि स्कूलले ‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक गर्ने भएको छ । यो …
अपरेटहरूलाई अप्टिकल नेटवर्किङ २.० मा अपग्रेड गर्दै ह्वावे
ह्वावेले आफ्नो अप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल …
स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन हुने, स्नातकोत्तर तहको २ घण्टा
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने…
डेढ करोड जनतालाई भुक्तानी सेवा दिदैं ईसेवा
ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनत…