समाचार
सामाजिक सञ्जालमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कारबाही गर्ने
प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
पछिल्लो समयमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अशोभनिय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बीर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा प्राप्त सूचना, उजुरीहरु उपर प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको ब्यूरोले जनाएको छ ।
अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन: तिनै भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुन अनुरोध गरेको हो ।
त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ईमेल ठेगाना [email protected] मा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ ।
समाचार
नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डिज…
लकडाउनपछि फष्टाउदै अनलाइन व्यापार
पछिल्लो समय मुलुकमा अनलाईन व्यापार तिव्रगतिमा फष्टाउदै गएको छ । कोरोना भाइरस (कोभ…
ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइन कक्षा लिदैं ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार देखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुला…
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्…
सबै जिल्लामा पुग्याे नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ साल…
माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने
अहिले पनि ईन्टरनेट एक्सपलोरर ११ प्रयोग गरिरहने प्रयोगकर्ताहरुका लागी माइक्रोसफ्टले फ…
ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने
ई लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका …
टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले थाहा पाउनु पर्ने जानकारी
मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल…
अब बीस मिनेटमै कोरोना परीक्षण !
सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको …
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी …
विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त
काठमाडौं, मंसिर १५ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र निय…
अनलाइन प्रणालीका कारण वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव
अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्…
बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ
काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।
भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री
शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डायनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशक…