कीवर्डहरू -

समाचार

भदौ १५ गते रति १२ बजेसम्म \'आइसिटी अवार्ड २०२०\' को लागि नोमिनेशन दर्ता गर्न सकिने 

पाचौं संस्करणको आइसिटी अवार्डको लागि विभिन्न ११ विधामा अनलाइन नोमिनेशन जारी छ । यहि भदौ १५ गतेसम्म अवार्डको लागि नोमिनेशन दिन सकिने आयोजकले जनाएको छ ।


यस वर्ष इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरू प्रतिस्पर्धात्मक रूपमा छनोट हुने विधाहरू हुन् । यी विधाहरूको विभिन्न चणको छनौटपछि घोषणा हुने उत्कृष्ट ५ लाई पब्लिक भोटिङमा पनि समावेश गरिनेछ ।


यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन, आन्टरप्रेनर आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

\"\"

नोमिनेशनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ । अवार्डको ग्राण्ड फिनाले डिसेम्बर ४ मा आयोजना गर्ने आयोजकले जनाएको छ ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् ।


सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको पाँचौं संस्करण कोरोनाले निम्त्याएको संकटको कारण यस वषको अवार्ड कार्यक्रम मसिंरमा आयोजना हुनेछ । अवार्डको ग्राण्ड फिनाले डिसेम्बर ४ मा आयोजना गर्ने आयोजकले जनाएको छ । हरेक वर्ष १७ अगष्टमा अवार्ड कार्यक्रम आयोजना हुँदै आएको थियो ।
यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १४ जना जुरी सदस्य र १२ जना जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ ।

नोमिनेशनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ ।

समाचार

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

सरकारले ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धानतिक स्वीकृति दिएको छ । भदौ…

कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई अब अनलाइनबाटै

अब अनलाइनबाटै कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई गर्न सकिने भएको छ ।…

सरकारले सञ्चालनमा ल्यायो कोभिड डेटा पोर्टल, यस्ता छन् सुविधा

कोभिड १९ अर्थात कोरोना भाइरस लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेटा पोर्टल…

लकडाउनमा मर्मतको होम सर्भिस दिँदै निर्माण साथी 

निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्…

एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने

एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस योजनामा बैंकका क्…

भर्चुअल कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्र…

भन्सार छली ल्याइएका २ सय ७८ थान मोबाइलका ब्याट्री सहित एकजना पक्राउ

धनगढीबाट भन्सार छली ल्याइएका करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान म…