समाचार
साओमीः नेपालको स्मार्ट टेक गेमअपमा उक्लिदैं
आज अग्रणी स्मार्टफोन ब्राण्डको बारेमा कुरा गर्दा, साओमी एउटा त्यस्तो नाम हो जसलाई हामी अवज्ञा गर्न सक्दैनौं ।
विश्वकै चौंथो ठुलो स्मार्टफोन ब्राण्ड र नेपालको शिर्ष ब्राण्ड मध्यको एक, शाओमीले समयको साथ आफ्नो नविनतम स्मार्टफोनहरु प्रस्ताव गर्दै यसको माध्यमबाट आफूलाई सही अर्थमा अग्रणीको रुपमा स्थापना गरेको छ ।
यद्यपि, शाओमी स्मार्टफोन ब्राण्ड मात्र होइन । स्मार्टफोनहरु यसको प्रमुख उत्पादन मध्ये एक भए पनि, स्मार्टफोन र स्मार्ट हाडवेयरका साथ साओमी एक इन्टरनेट कम्पनी हो जुन आईओटी प्ल्याटफर्ममा जडित छ ।
विश्वकै चौंथो ठुलो स्मार्टफोन ब्राण्ड र नेपालको शिर्ष ब्राण्ड मध्यको एक, शाओमीले समयको साथ आफ्नो नविनतम स्मार्टफोनहरु प्रस्ताव गर्दै यसको माध्यमबाट आफूलाई सही अर्थमा अग्रणीको रुपमा स्थापना गरेको छ ।
ब्राण्डले विश्व स्तरीय अग्रणी उपभोक्ता आईओटी प्ल्याटफर्म स्थापना गरेको छ जसमा स्मार्टफोन र ल्याप्टप बाहेक २५२ मिलियन भन्दा बढि स्मार्ट उपकरणहरु यसको प्ल्याटफर्ममा जडित छन् ।
कम्पनीले विश्वका सबैलाई नविनतम प्रविधिमार्फत उत्कृष्ट जीवनको आनन्द लिन लगातार सुलभ मुल्यका साथ अद्भुत उत्पादनहरु भित्र्याउँदै आइरहेको छ ।
करिब २ वर्षको छोटो अवधिमा, साओमीले नेपाली बजारमा बहु—उत्पादनहरु ल्याएको छ । सन् २०२० मा ब्राण्डले स्मार्टफोन बाहेक पहिलो पटक नेपालमा विभिन्न श्रेणीका नयाँ उत्पादनहरु भित्र्याएको छ ।
केके हुन् साओमीले नेपालमा भित्र्याएका उत्पदानहरु
टिभी
मी टिभी ४ एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फोरके १० बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई साओमीको इन हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।
एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २० वाट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।
मी टिभी ४ एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्टइनमा आउँदछ । मी टिभी ४ एक्स (५५) २०२० संस्करणको मुल्य ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै नयाँ मी एलईडी टिभी ४ ए प्रो (४३) ४३ इन्चको १०८० पी पूर्ण एचडी रिजोलुसनको साथ नेपाली बजारमा आएको छ । जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनुका साथै थप शिष्टता ल्याउँछ ।
यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ जसले डीटीएस एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ । मी एलईडी टिभी ४ए प्रो (४३) को मुल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।
मी राउटर फोरसी
यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिन्छ ।
यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च—लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसका साथै, ८०२.११ एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४ सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।
यसमा भएको डुअल कोर सीपीयू र ६४ एमबी ठुलो र्यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ ।
मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् । मी राउटर ४ सी २ हजार ३९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
पावर बैंक
१०००० एमएएच मी पावर बैंक २ आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ ।
८५५ सम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ । उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २ आईमा पोलीकार्बोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ ।
दुवै १०००० एमएएच मी पावर बैंक २ आई र २०००० एमएएच मी पावर बैंक २ आईमा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ ।
मी पावर बैंक २ आई दुई भेरियन्टमा १०००० एमएएच र २०००० एमएएचको मूल्य क्रमशः १ हजार ८९९ रुपैयाँ र ३ हजार १९९ रुपैयाँमा उपलब्ध रहेको छ ।
रेडमी इयरबड एस
रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको हो ।
रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनिय कम्प्याक्ट डिजाइनमा आउँदछ । बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको छ जसले लामो समयसम्म प्रयोग र न्यून कानको थकान सुनिश्चित गर्दछ ।
म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ ।
रेडमी इयरबड एस ले उच्च स्तरको बहु उपयोगिता प्रदान गर्दछ त्यसका लागि सिङ्गल बटन इन्टरफेसले फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भ्वाइस असिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।
डेडिकेटेड गेमिङ मोड (लो लेटेन्सी मोड) ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२ एमएस मा ल्याउँछ । रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ ।
इन्भाइरोमेन्ट नोइज केन्शीलेसनले बिल्ट इन माइक्रोफोनका साथ किस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ । रेडमी इयरबड एसको मूल्य ३ हजार १९९ रुपैयाँ रहेको छ ।
मी स्मार्टब्यान्ड ५
मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१ इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् ।
भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको छ । ५ एटीएम वाटर रेसिस्टेन्ट प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् ।
११ वटा व्यायाम मोडहरु सहित इन्डोर साइकलिंग, योग, र जम्प रोप सहित मी स्मार्टब्यान्ड ५ ले तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।
फिटनेश बाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर ५० प्रतिशतभन्दा बढी एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदयको बारेमा सचेत रहन सकिन्छ ।
मी स्मार्टब्यान्ड ५ को ब्याट्रीले निरन्तर १४ दिनसम्म प्रयोग गर्न सकिन्छ । मी स्मार्ट ब्यान्डको मूल्य ४ हजार ४९९ रुपैयाँ रहेको छ ।
रेडमी सोनिकबेस वायरलेस इयरफोन
रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल फ्री अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ उपलब्ध छ ।
यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ । भ्वाइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ ।
रेडमी सोनिकबेस वायरलेस इयरफोनले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो ।
जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पका साथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ ।
प्रयोगकर्ताहरुले स्पष्ट र पारदर्शी अडियो अनुभव प्रदान गर्न बाह्य शोरलाई रद्द गर्ने डुअल माइक नोइज क्यानसिलेसन टेक्नोलोजिका साथ कलमा उच्च अडियो गुणस्तरको अनुभव लिन सक्दछन् ।
यो इयरफोनमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गुगल एसिस्टेन्ट र सिरी सपोर्ट गर्दछ । रेडमी सोनिकबेस वायरलेस इयरफोनको मूल्य २ हजार ९९ रुपैयाँ रहेको छ ।
समाचार
दशैंमा खल्तीले ल्यायाे दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर
नेपालको लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीकाे माध्…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिदिने
एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्…
कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञापन बोर्ड पनि गठन
कार्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड (विज्ञापनरहित) लागु हुने भएको छ । मन्त्रीपरिषदक…
यी हुन् नेपालका उत्कृष्ट १० ईकमर्स कम्पनी
विश्वमा ईकमर्सको प्रयोगको एकदमै बढिरहेको छ । कोरोना महामारीको सुरुवात भएपछि त झन…
ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा भर्चुअल्ली उद्घाटन
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चा…
निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा
निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फ…
गलत सन्देश प्रवाह नगर्न नगराउन मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक …
२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई
राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइ…
सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा टेलिकमको जीएसएम मोबाइल सेवा
नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्च…
हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध
स्वीडेनले आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा प्रत…
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने भएको छ । हालसम्म ३७ सय भन्दा बढी कर्मचारी…
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइ…
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार…
सियोना श्रेष्ठको उपचारमा क्लासिक टेकको १० लाख रुपैयाँ सहयोग
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो …