समाचार
डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।
यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् ।
राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् ।
यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।
नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ ।
नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्छ ।
कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
समाचार
पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध
पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तानमा टिकटक माथि प्रतिबन्…
रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट
मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु ग…
नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य
नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…
नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । को…
मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मो…
कृषि विकास बैंकका ग्राहकले अब सिधैं खल्तीमा पैसा लोड गर्न सक्ने
कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुला…
मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय
गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा फैलिएको कर्फ्यु लाग्न…
ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धी…
एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने
एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्…
ई फार्मको भर्चुअल खसी मेलाः भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी
दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको…
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा…
अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा …
सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन
सामसङ नेपालले क्युएलईडी टिभिको प्रि बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ असोज २९…