समाचार
प्याब्सनको आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ई–लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीले असहमति जनाएको छ ।
टेलिकमले एक विज्ञप्ती प्रकाशित गर्दै कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल टेलिकमले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ ।’
विश्वभरी नै कोरोनाको कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो । सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई मिति २०७७ साउन १५ गते ̔ई-लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको पाइयो,’ उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल टेलिकमले कोरोना महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान÷प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज मिति २०७७ बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।
अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको छ । यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेका छन् ।
अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी रु. ५०० मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।
समाचार
एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा
एनसेलले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा …
सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण
डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राह…
आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन १५ दिन थप, साउन ३१ सम्म नोमिनेशन दर्ता गर्न सकिने
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्ड को पाँचौं संस्करण (आइसिटी अवार्ड २०२…
डिजिटल संवादको १६ औं श्रृंखलामा \'डिजिटल स्टार्टअप\'को बारेमा छलफल हुदै
डिजिटल संवादको १६ औं श्रृंखलामा 'नेपालमा डिजिटल स्टार्टअप, योजनादेखि एक्सनसम्म' विषयमा भर्चुअल राउण्ड टेवल डिस्कसन हुदैछ । शनिबार (आज) दिउसो १ बजेदेखि …
फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ
अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक सञ्जालमा पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरी…
ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै
ह्वाट्सएपले सधैँको लागि च्याट म्यूट गर्न सकिने फिचर ल्याउने भएको छ । यो फिचरलाई प्रय…
कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच सहकार्य
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा…
ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने
विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसि…
सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने
सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १००० रुपैँया …
गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने
गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूग…
एनसेल र हिसानबीच सम्झौता, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि वि…
सजिलो मर्मतले आफ्ना प्राविधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’
दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु …
आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै
आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा यो वर्कश…
आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै
आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्नि…
स्वाब संकलन गर्न नास्टले बनायो मोबाइल स्वाब क्लेक्सन भेहिकल
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मोबाइल स्वाब क्लेक्सन भेहिकलको …