समाचार
अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु¥याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा उहाँले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
“नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास हो”, मन्त्री गुरुङले भने, “सरकारी सेवा र सूचना हातहातमा कसरी पु¥याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ र त्यसैअनुसार एप्स ल्याइएको हो ।”
मन्त्री गुरुङले सरकारले तीन वर्षको लामो अध्ययनपछि एप्स ल्याएको र यो राष्ट्रिय गौरवको कार्यक्रमसमेत भएको बताए । नागरिकबाट प्राप्त सुझावका आधारमा अझै परिमार्जन गर्दै लगिने उनले जनाए ।
अझै पारदर्शी बनाइ कम खर्चिलो र झन्झटबाट मुक्त पारी सबै सेवा दिने सरकारको चाहना रहेको जानकारी गराउँदै मन्त्री गुरुङले थपे, “नागरिकका निम्ति सरकारी सेवा चौविसै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर छ ।”
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जनताको हातहातमा सरकारी सेवा पु¥याउनका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्न एप्स कोसेढुङ्गा सावित हुने उल्लेख गरे ।
उनले अहिले परीक्षणका रुपमा आएको उक्त एप्समार्फत नौ वटा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले एप्समार्फत न्यूनतम् समयमा छिटो र छरितो रुपमा प्रभावकारी सेवा पु¥याउने विश्वास व्यक्त गरे ।
सरकारले जनतालाई सार्वजनिक सेवा प्रदान गर्दा डिजिटलाइज समाजको सिर्जना गर्ने उद्देश्यले सरकारले डिजिटल नेपाल कार्यक्रम शुरु गरेको र त्यसैको एक महत्वपूर्ण कार्यक्रम नागरिक एप्स मार्फत सार्वजनिक सेवा प्रदान गर्न लागिएको हो ।
शुसासन, समृद्ध र विकासको नाराका साथ डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तरगत यसले कार्यक्रम गर्नेछ । उक्त कार्यक्रम सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्यले निर्देशित रहेको सचिव बस्यालको भनाइ थियो । रासस
समाचार
क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने
कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।
मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै
मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल म…
अब एकै क्लिकमा पाइने छ देशभरको माटोबारे जानकारी
अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्न…
एभरेष्ट बैंकले शुरू गर्यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली
एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकी…
द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे
द भ्वाइस नेपाल सिजन ३ मा प्रभु पे भोटिङ पार्टनर रुपमा रहने भएको छ । यसका लागि प्र…
कुन रेष्टुरेन्टले कोभिड १९ गाइडलाइन पालना गरेको छैन् भनेर जानकारी दिदैं यल्प
येल्प मोबाइल एपले कुन रेष्टुरेन्टले कोरोना भाइरसबाट बाँच्नको लागी स्वास्थ्य गाइडलाइन…
सार्वजनिक भएको ३ दिनमै हाम्रो म्यासेजका १० हजार बढी प्रयोगकर्ता
हाम्रो म्यासेज प्लेटफर्मका प्रयोगकर्ता १० हजार बढी पुगेको छन् । हाम्रो पात्रोले ‘हाम्रो…
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि …
सिद्धार्थ बैंकका ग्राहकले अब क्युआर कोड स्क्यान गरेर आफ्नो खाताबाट सजिलै पैसा झिक्न सक्ने
ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ …
राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य रोल्पामा शुरू
रोल्पा जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन गर्ने कार्य शुरु भए…
डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध
युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नया…
नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न दे…
क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विश…
एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ
धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास…
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।
टेस्लाको सेयर मूल्यमा वृ…