समाचार
दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।
शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५८० जना प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भएता पनि विभिन्न कारणले गर्दा एक लाख ७५ हजार २२७ जना प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु तथा गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो ।
परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिएता पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको पोखरेल बताउछन् ।
नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।
केन्द्रको तथ्याङ्कअनुसार प्रमाणीकरण भएका ६३ हजार बढी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै प्रयोगकर्ताले नागरिकता नम्बर प्रमाणीकरण गरेका छन् । हालसम्म ४६ हजार प्रयोगकर्ताले नागरिकता प्रमाणीकरण गरेको, २३ हजार ३२२ जनाले राहदानी, १९ हजार ८८० जनाले मतदाता नामावली र २८ हजार ६३४ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् ।
यसैगरी १४ हजार १८८ जनाले एसएलसीको प्रमाणपत्र र छ हजार १११ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् । तीन जनाले लोकसेवा, दुई हजार ७७३ जनाले सञ्चयकोष प्रमाणीकरण गरेका छन् । यस एपमध्येमा हालसम्म नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा प्रमाणीकरण भएका छैनन् ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटल गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याइएको हो ।
शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी यस एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रलाई जोड्ने योजना सरकारको छ । रासस
समाचार
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका…
अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने
अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अ…
डिजिटल कोभिड—१९ भ्याक्सिन कार्डमा काम गर्दैं माइक्रोसफ्ट र ओराकल
Photo Credit: Associated Press
…
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदा…
सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ
सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्ने…
काठमाडौंमा एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने ३ जना पक्राउ
काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफो…
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार स…
क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी
नोकियाले क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माण गर्न अल्फाबेटको गुगल …
स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट ईसेवाका विश्वास ढकाल सहभागी
स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट एफ्वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले…
विद्युतीय फोहोरको जोखिम बढ्दै, व्यवस्थापनमा सरकारको बेवास्ता
औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्युतीय फोहोरको जोख…
प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद
भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगा…
प्रविधि प्रयोग गरेर पहिलो पटक अन्तरसहकारी कारोबार सुरु
मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सह…
आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर
राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्…
सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप ५० हजार भन्दा बढी डाउनलोड
सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट ५० हजार भन्दा बढी डाउनलोड भए…
नागरिक एपको प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक…