कीवर्डहरू -

समाचार

विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् ।

एनसेलले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने छन् ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर) मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैं अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्दछ र विविध अवरोधहरुका वाबजुत सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ ।

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन् ।

ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्छन् ।

अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् ।

त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवा बाट फाइदा लिन सक्छन् ।

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र रु ७ मा फेरी खरिद गर्न सक्छन् ।

यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन् ।

समाचार

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…

विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …

डेलले सार्वजनिक गर्‍यो ४० इन्चको अल्ट्रावाइड मनिटर

डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रह…

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फि…

अब कालिमाटीमा तरकारी किन्दा क्यूआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्त…

ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैक…

व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने क…

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख

विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमा…

आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका

प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा आजदेखि ‘पीबीएस आ…

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द

अमेरिकीका राष्ट्रपरि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले…

अब बैंकले ग्राहकलाई पुर्व जानकारी दिएर इन्टरनेट, मोबाइल तथा एसएमएस बैंकिङको शूल्क लिन पाउने

अब बैंक तथा वित्तिय संस्थाले इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्…

कागजपत्र लिन थप २ ट्राफिक कार्यालयमा प्रविधि विस्तार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यक…

पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर

चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेब…