समाचार
एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि ननस्टप अफर, २५ रुपैयाँमै सेवा सुरु गर्न सकिने
एनसेलले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखि ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् ।
‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य कम्पनीले लिएको छ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र २५ रुपैयाँ (कर सहित ३१.९२ रुपैयाँ) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै ग्राहकले मात्र रुपैयाँ ३६० (कर सहित ४५९.६८ रुपैयाँ) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् ।
त्यस्तै ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डाटा बोनस स्वरुप प्राप्त पाउनेछन् ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशन अनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।
नन्स्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहककालागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र १०० रुपैयाँ (कर सहित १२७.६९ रुपैयाँ) मा र युट्युब र फेसबुकको कम्बो प्याक १५० रुपैयाँ (कर सहित १९१.५४ रुपैयाँ) मा प्रदान गर्दै आएको छ ।
यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउदै आएका छन् ।
साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५४ रुपैयाँ) मा ३५०० एमबी थप फोरजी डाटा लिन सक्छन् । उक्त डाटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने जनाएको छ ।
समाचार
नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ
नेपाल टेलीिकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका …
सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो ग्रिन पिन सेवा
सांग्रिला डेभलपमेन्ट बैंकबाट डेबिट कार्ड लिदा अब पीनको जानकारी मोबाइलबाटै पाइने …
भारतमा अनलाइन स्टोर खोल्दै एप्पल
एप्पलले २३ सेप्टेम्बरमा भारतमा आफ्नो अनलाइन स्टोर खोल्ने भएको छ । यसले गर्दा भारतीय …
एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्याप…
ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ
इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । ‘चाडवा…
विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने
अब विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छ…
कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न विकास तथा प्रविधि समितको निर्दैशन
संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न सरका…
बैंक अफ काठमाडाैं र खल्तीबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड ग…
धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने
धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत…
गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने
गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्य…
गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने
गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरे…
इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने
डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंकका…
नास्टले बनायो पीपीई परीक्षण गर्न सकिने डिभाइस
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पीपीई परीक्षण गर्न सकिने डिभाइ…
ओप्पो एफ १७ प्रो नेपालमा चाँडै सार्वजनिक हुने
चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्म…
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम
भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको…