कीवर्डहरू -

समाचार

व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’

पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ ।

कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको छ ।

कुनै पनि व्यवसायीले आफ्नो पसल तथा अफिसको वस्तु वा सेवा बेच्न आफ्नो व्यवसायलाई विना लगानी वरिपरि एपमा दर्ता गर्न सक्छन् ।

यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि नेपाल प्रालीका संस्थापक राज रेग्मी बताउँछन् ।

व्यवसाय दर्ता गर्न मोवाइलमा एप डाउनलोड गरि नाम र मोवाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ । एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताए ।

वरिपरि एपमा दर्ता गरेपछी व्यवसायीले आफ्नो सेवा अवधी तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् ।

होम डेलिभरिको व्यवस्था छ कि छैन अनि  भुक्तानीका विकल्पहरु (बैंक कार्ड, इ सेवा, खल्ति, सेल पे) के÷के छन् भनेर पनि एपमै उल्लेख गरेपछी ग्राहकलाई सहज बनाउन सकिन्छ ।

आजको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्नको लागि ठुलो लगानी गर्नु पर्ने र क्षति समेत बेहोर्नु पर्ने समयमा वरिपरि एपले क्रेता र विक्रेतालाई एकै ठाउमा ल्याई सहजता प्रदान गर्ने रेग्मीले बताए ।

स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र ग्राहकको सपिङ सहजतामा ख्याल गर्नु वरिपरि एपको मुख्य लक्ष्य रहेको रेग्मीले बताए ।

आफ्नो नजिकैका ग्राहकलाई व्यवसायको बारेमा जानकारी प्रचार गर्न नसक्दा नजिकका ग्राहक पनि सेवा लिन टाढा जानु र ग्राहकको समेत समय र पैसा दुवैको क्षति हुन्छ। यहि समस्यालाई मध्यनजर गर्दै क्रेता र विक्रेतालाई डिजिटल माध्यमबाट एउटै ठाउमा ल्याउन मोबाइल एप ‘वरिपरि’ सुरु भएको रेग्मीले बताए ।

नयाँ ठाउँ पुगेका व्यक्तिलाई वरिपरि एप सपिङ गाइड नै बन्नेछ । वरिपरि एपको आधिकारिक वेबसाइट oripari.com बाट थप जानकारी लिन सकिन्छ ।

समाचार

उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…

नेपालको लागि भिजाले सुरुवात गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…

वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै

अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टल…

अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने 

सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…

सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)

फोटोः एप्पल


सिङ्गापुरमा एप्पलले प…

हुवावेले घोषणा गर्‍यो दोस्रो भर्सनको हार्मोनी ओएस

हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुव…

फेवा बजारबाट शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सकिने

पोखरामा मुख्य कार्यालय रहेको ईकमर्स कम्पनी

नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा 

नेटटीभी एपले आफ्नो फिल्मको सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने 'फिचर' सार्वजनिक गरेको छ । यो फिचर आज अर्थात् सेप्टेम्बर ११ मा सफ्…

वैकल्पिक विधिको पठनपाठनलाई सरकारले दियो मान्यता

सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सद…

तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक

शिजन अर्गानिक प्रालिले आजदेखि होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदे…

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट

एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो…

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै 

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि…

होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

आजबाट काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा स…

एनआईसी एशिया बैंकको क्वीज योजना, क्वीजमा सहभागी भई आकर्षक पुरस्कार जित्ने मौका

एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनि…