कीवर्डहरू -

समाचार

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित

स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ।

कम्पनीका अनुसार यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा निर्माण गरिएका हुन्।

भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसँग नजिकको सहकार्यको नतिजा हुन्।

प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिज पनि प्रदर्शनीमा राखेको थियो। तिनले ओपोको शुरुवाती अवस्थादेखि अपनाउँदै आइरहेका डिजाइन, धातु र अन्तरक्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टि समेत प्रस्तुत गरिरहेका थिए।

चाईना इन्टरनेशनल इन्डस्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय(स्तरको प्रदर्शनी हो। यस वर्षको थिम, ‘न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम’मा आधारित भई ओपोले आफ्ना शुरुवाती अवस्था देखिका औद्योगिकरुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु बृहत्त प्रदर्शनीमा राखेको थियो।

\"\" सन् २००८मा सौन्दर्यशास्त्रको पूर्ण तालमेल प्राप्ति र नवप्रवर्तनको आफ्नो दिर्घकालिन सोचको प्रतिक तथा यात्राको शुरुवातका रुपमा ओपोले आफ्नो पहिलो स्मार्टफोन, ‘स्माइली फेस’ ए१०३ सार्वजनिक गरेको थियो। पछिल्ला १२ वर्षमा ओपोले नवप्रबर्तनको आफ्नो असिमित यात्रालाई कायम राख्दै विभिन्न नवप्रबर्तनात्मक उत्पादनहरु प्रस्तुत गरिरहेको छ।

सन् २०१२मा ओपोले प्रयोगकर्तालाई बोक्न सजिलो र सहजता प्रदान गर्ने सोचका साथ डिजाइन गरिएको विश्वकै पातलो फोन फाइन्डर सार्वजनिक गरेको थियो।

सन् २०१४मा फाइन्ड ५ मार्फत २.५डी कभ्र्ड डिजाइन र सन् २०१६मा हिउँले ढाकिएका हिमाली छालसँग प्रेरित हुँदै सुदृढ ग्रिप र लुक्स सहितको फोन उपलब्ध गराउन आर९ सार्वजनिक गर्यो। भरखरै, सन् २०१९मा हालका लागि संसारकै पातलो फाइभजी फोनका रुपमा ओपोले रेनोथ्री पनि सार्वजनिक गरेको थियो।

ओपोको डिजाइन सफलता अत्याधुनिक क्यामेरा प्रविधिहरुमा पनि प्रष्ट झल्किन्छ। सन् २०१४मा ओपोले विश्वकै पहिलो मोटोराइज्ड रोटेटिङ क्यामेरा स्मार्टफोन एनथ्री सार्वजनिक गरेको थियो।

सन् २०१८मा ओपोले स्लाइडिङ डिजाइनको उपयोग गर्दै फोन भित्रबाटै क्यामेरा पप् आउट हुने फुल स्क्रिन डिस्प्ले स्मार्टफोन, फाइन्ड एक्स सार्वजनिक गर्यो।

यो नवप्रबर्तनले फ्रन्ट र रियर क्यामेरा र सेन्सर्स लगायत ११ भिन्न घटकको एकीकृत सम्मिश्रण प्रस्तुत गर्दै नतिजा स्वरुप ९३.८ प्रतिशत स्क्रिन टू बडी रेसियो प्रस्तुत गर्यो।

सन् २०१९मा ओपोले अझ एक कदम अघि बढ्दै यूनिक पिभोट राइजिङ स्ट्रक्चर सहितको रेनो टेनएक्स जुम सार्वजनिक गर्यो। यसले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ डिजाइन अवधारणाहरुलाई हालसम्म पनि प्रेरित गरिरहेको छ।

\"\"

यस वर्षको नोवेम्बर महिनामा ओपो ईन्नो डे २०२० समारोह मार्फत ओपोले आफ्नो नयाँ अन्वेषणका रुपमा मोबाइल फोन फर्म फ्याक्टर्स अन्तर्गत ओपो एक्स २०२१ मार्फत रोलेबल कन्सेप्चुअल ह्याण्डसेट प्रदर्शित गरेको छ। कन्सेप्चुअल उपकरण मार्फत प्रदर्शित रोलेबल डिस्प्लेको आकार टोकिएको रेञ्ज भित्र असिमित रुपमा समायोजन गर्न सकिन्छ।

यसले भविस्यका उपकरणका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानवले तीसँग कस्तो अन्तरक्रिया गर्छ भन्ने नमुनापनि प्रस्तुत गरेको छ।

चाईना इन्टरनेशनल इन्डस्ट्रियल डिजाइन एक्स्पोमा ओपोले अग्रणी जापानिज इन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसँगको सहकार्यमा विकासको प्रक्रियामा रहेका ‘स्लाइड(फोन’ र ‘म्यूजिक(लिंक’ कन्सेप्चुअल डिजाइन प्रदर्शित गरेको थियो।

स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसँग अन्तरक्रिया गर्न बृहत्तरुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दूवै कम्पनीको निस्कर्षका आधारमा ‘स्लाइड(फोन’को सोच विकसित भएको हो। बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर बृद्धि हुँदै आएको पाइन्छ।

यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ। फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ।

चिन्ताको निवारण दिने सोचका साथ विकसित ‘स्लाइड(फोन’ अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन्। यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन्।

\"\"

साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकता अनुसार फोनको प्रयोग गर्न सक्नेछन्।

ओपो र नेन्डोको अर्को कन्सेप्चुअल डिजाइन ‘म्यूजिक(लिंक’ टीडबल्यूएस ईयरफोन्स जसमा स्मार्टवाट्च, एआई स्पिकर, पोर्टेबल चार्जर र वायरलेस चार्जरको माध्यमबाट एक अर्कासंग जडित विभिन्न उपकरणहरुको समुह हो। सबै उपकरणहरुको डिजाइन अहिलेका प्रयोगकर्ताको सौन्दर्य चाहना अनुरुप स्लिक अग्र्यानिक फोर्ममा गरिएको छ।

टीडब्ल्यूएस ईयरफोन्स र पोर्टेबल चार्जिङ केसलाई एआई स्पिकरमा जडान गरे पश्चात प्रयोगकर्ताले हेडफोन्स र स्पिकरका माध्यमबाट संगीतको मज्जा लिन सक्छन्।

उपकरणहरुबीचको यो सिम्बायोटिक डिजाइनले पोर्टेबिलिटी र सहजता प्रतिबिम्बित गर्नुका साथै, प्रविधिहरुको एकिकरण र मानव केन्द्रित डिजाइन अवधारणा प्रति ओपोको प्रतिबद्धतापनि झल्किन्छ।

ओपो र नेन्डोबीचको सहकार्य बारे बोल्दै, नेन्डोका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख डिजाइनर, ओकी साटोले भने, ‘अत्याधुनिक प्रविधि मार्फत मानव र तिनका उपकरण विच सुमधुर सम्बन्ध कायम गर्दै लैजाने सोचका साथ अपनाइएका मानव केन्द्रित ओपोको डिजाइन दर्शनबाट म निकै प्रभावित छु।

म ओपो टिमका नयाँ अवधारणाहरु तथा तिनले प्रविधि र भावनात्मक संलग्नता विचको सन्तुलनलाई कसरी अघि लान्छ भन्ने कुरा हेर्न निकै उत्सुक छु।’

ओपो ईन्डष्ट्रियल डिजाइन प्रमुख स्याओ बोले भने, ‘निन्डोका डिजाइनहरु ओपोको मानवकेन्द्रित दर्शनसँग मिल्दोजुल्दो छन्। प्रयोगकर्तालाई अत्याधुनिक नवप्रबर्तन तथा प्रविधिका साथमा आनन्ददायी अनुभव दिने उत्पादनहरु पस्कनु ओपोको उद्देश्य रहँदै आएको छ।

प्रयोगकर्तालाई आरामदायी अनुभव दिने ग्राउण्डब्रेकिङ प्राविधिक उत्पादन निर्माणका लागि हामी मानवमाथि नै केन्द्रित हुनु पर्छ भन्ने दृढ विश्वासका साथ यो पार्टनरशिपको थालनी भएको हो।

भविस्यमा यो पहललाई थप शक्ति प्रदान गर्न हामी थप इन्जिनियरिङ उत्पादनहरु अझ सहज र प्रयोगकर्ता मैत्री अनुभवका साथमा पस्कँदै जानेछौँ।’

एक अन्वेषक र सौन्दर्य र नवप्रबर्तनको सटिक तालमेल मिलाउँदै अघि बढिरहेको ओपोले औद्योगिक क्षेत्रमा डिजाइन र नवप्रबर्तन प्रस्फूटनका लागि ईन्डष्ट्रियल डिजाइन सेन्टरको स्थापना गरेको छ।

केन्द्रलाई फोर्थ सेलेक्शन अफ नेशनल ईन्डष्ट्रियल डिजाइन सेन्टर्स ईन चाईनाले सन् २०१९ नोवेम्बर २२मा प्रमाणित (सर्टिफाइड) गरेको छ। ओपोका अभूतपूर्व प्रडक्ट डिजाइनहरुलाई उद्योगले पनि अपनत्वका साथ पहिचानपनि प्रदान गरेको छ।

यस वर्ष ओपो फाइन्ड एक्स र रेनोथ्री प्रोले २०२० गुड डिजाइन अवार्ड्स प्राप्त गरेका छन् भने ओपो फाईन्ड एक्सटू प्रोले चाईना मोबाइल फोन डिजाइन कम्पिटिशनमा स्वान अवार्ड हात पारेको छ।

ओपोले उत्पादन डिजाइनमा आफ्नो ध्यान केन्द्रित गर्दै प्रविधि र सौन्दर्यको समायोजन मार्फत मानव र उपकरणबीच सुमधुर सम्बन्ध कायम गराउँदै विश्वलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्ने अन्वेषणलाई निरन्तरता दिई रहने जानकारी दिएको छ।


समाचार

टिकटकको दुरूपयोग बढ्दैं

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको…

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।…

नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…

भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…

धुलिखेल नगरपालिकाले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…

तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…