कीवर्डहरू -

समाचार

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’

एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ।

एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैं अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।

‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ,’ एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं ।’

उनले भने, ‘अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितीका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्दछ । कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्वराख्ने विश्वास लिएका छौं ।’

महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकाहरुलाई एक उत्तम सेवा हुने कम्पनीले विश्वास गरेको छ ।

हालको शुरुवाती अवस्थामा शारिरीक रुपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् ।

कामको खोजिमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजिमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् ।

सर्वप्रथम आफुले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ । कामदार खोजि रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्नेहुन्छ ।

जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले *१७१३७# डायल गरी वा एनसेलजबसप डटकम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्नेछन् ।

काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित ६.३८ रुपैयाँ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ ।

त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् ।

कामको खोजिमा रहेका व्यक्तिले कर सहित ३.८३ रुपैयाँमा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमा भित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले कर सहित ८.९४ रुपैयाँमा ७ दिनको र कर सहित ३८.३१ रुपैयाँमा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र १५३.२२ रुपैयाँ र २२९.८४ रुपैयाँमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

समाचार

‘हटस्पट’ सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने

सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परी…

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…

माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…

टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…

ब्रोडवे इन्फोसिसले छनौट गर्‍यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति

नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…

कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं

कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…

सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने 

सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप स…

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…

 क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…

इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…

म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल

एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपल…

नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी…

ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड

ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्…

अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने

दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …