समाचार
दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले करिब १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने
विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ। विश्व बैंकले १ करोड ८५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब २७ करोड रूपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको हो ।
सो अनुदान सम्झौतामा शुक्रबार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।
उक्त अनुदान कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन परिचालन गरिने बताइएको छ ।
‘यस अतिरिक्त अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभारी छौं। सहसचिव नेपालले भने, ‘यस सहयोगले कोभिड-१९ का कारण बालबालिकाको सिकाइमा भएको क्षति न्यूनीकरण गर्नका लागि टेवा पुर्याउनेछ ।’
यस अनुदानले चालु महामारीका कारण विद्यालयहरू बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुग्ने छ ।
नेपालका अनुसार यस अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुन सञ्चालन गर्न, खेर गएको सिकाइको समय र मनोवैज्ञानिक प्रभावसहितका विद्यार्थी र शिक्षकहरूमा परेको विविध प्रभावहरूलाई कम गर्न पनि महत्त्वपूर्ण हुनेछ ।
यस अतिरिक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि बजेट उपलब्ध गराउनेछ। जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चारमाध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन्।
‘यो महामारीका कारण नेपाल लगायत विश्वभरका देशहरूमा शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रहरू मध्ये एक हो जसले गर्दा बालबालिकाको सिकाइको नतिजामा गहिरो प्रभाव परेको छ । यो अनुदानले खासगरी बालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउनेछ,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने ।
समाचार
टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ …
होम डेलिभरी सम्बन्धि मापदण्ड जारी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म डेलिभरी गर्न पाइने
ईकमर्स कम्पनीहरुले अब दिउँसो १ बजेदेखि साझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न…
साओमीको रेडमी इयरफोन नेपालमा, कति होला मूल्य ?
साओमीले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउदै नयाँ रेडमी इयरफोन सार्वजनिक गरे…
रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्दै रोबोटिक्स एशोसिएसन अफ नेपाल
रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स तथा प्रोग्रामिङ अनलाइनबाटै सिकाउ…
मोदीको ट्विटर अकाउन्ट ह्याक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्विटर अकाउन्ट ह्याक भएको छ । बिहीबार प्रधान…
\'ग्लोबल इनोभेसन इन्डेक्स\'मा नेपाल ९५ औं स्थानमा, एक वर्षमा १४ स्थान माथि उक्लदै सार्क मुलुकमा दोस्रो बन्न सफल
विश्व नवप्रवर्तक सूचाङ्क (ग्लोबल इनोभेसन इनडेक्स जिआईआई) मा नेपाल ९५ औं स्थानमा आईपु…
पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध
भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८…
पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध
भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको हो । नयाँ प्रतिबन्धित एपमा …
उपत्यकामा थप एकहप्ता निषेधाज्ञा, मापदण्ड जारी भएपछि होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने
काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा गरिएको छ । भदौ २४ गते राती १२ बजेसम्म ल…
आइटी शिक्षाको क्रान्तिमा अगाडि बढ्दै सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्स
आईटी तथा ई कमर्समा ५ हजार विद्यार्थी दिक्षित गरेको सफ्टवेरिका कलेज अफ आइटी एण्ड ईकम…
स्मार्टको रिचार्ज गर्दा निःशूल्क ६ जीबी डेटा, २०० मिनेट भ्वाइस तथा २०० एमएमएस सुविधा
स्मार्ट टेलिकमले रिचार्ज गर्दा थप सुविधा प्रदान गर्ने नयाँ अफर सार्वजनिक गरेको छ । क…
गूगल सर्चमा सेलिब्रिटीको नाम सँगै अब तपाईंको नाम पनि भेटिनेछ
अहिले सम्म गूगल सर्च गर्दा नाम चलेको वा सेलिब्रिटीको मात्रै नाम सर्च गर्दा मात्रै उनी…
‘हाम्रो पात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’ गर्न सक्ने, यस्तो छ विधि र प्रक्रिया
अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने भएको छ । भोलि अर्थात भद…
टेलिकम र प्याब्सनबीच सम्झौता, ह्याप्पी लर्निङ प्याक अब विद्यार्थीले वेबसाइटबाट पनि लिन सक्ने
कोभिड १९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित ह…