समाचार
आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद
एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।
शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता पाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो ।
उक्त अवार्ड कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकृत विशालमणी उपाध्याय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निर्देशक डा. रविन्द्र ढकालले विजेताको नाम घोषणा गर्दै उक्त नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विजेतालाई शिल्ड प्रदान गरेका थिए । एनसेलले नेपाली इन्नोभेसन, स्टार्टअपलाई सहयोग गर्दै आइरहेको छ । यस वर्ष हुवावे आइसिटी अवार्डमा क्याटेगोरी स्पोन्सरको रुपमा सहकार्य गरेको थियो ।
इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स विभिन्न ११ विधामध्ये यस वर्ष विशेष महत्वको अवार्ड विधा रहको थियो । कोभिड नियन्त्रणमा विकास भइरहेका नेपाली प्रविधिलाई नोमिनेशन लिइएको थियो । प्राप्त २६ वटा नोमिनेशनबाट विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ अन्तिम चरणमा प्रतिस्प्रधा गरेका थिए ।
उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा कोभिड १९ निमोनिया डिटेक्सन युजिङडिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमजेन्सी रेससिटेटर, सिस्टर रोबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका थिए ।
एनसेल इन्नोभेसन अवार्ड विजेता पाइला टेक्नोलोजीले कोरोना महामारीको बेला भेन्टिलेटर बनाएको थियो । पहिलो चरणको भेन्टिलेटरलाई स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेपछि पाइला टेक्नोलोजीले हाल दोस्रो चरणको भेन्टिलेटर पनि निर्माण गरिसकेको छ । पछिल्लो समय स्वास्थ मन्त्रालयको स्विकृत प्राप्त गर्दै भेन्टिलेटरको उत्पादन सुरु गरेको हो ।
हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न ११ विधामा १२ प्रतिस्पर्धीले अवार्ड प्राप्त गरेका छन । अवार्डमा यस वर्ष ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको थियो ।
१४ जना जुरी सदस्य र १४ जना सल्लाहकार समितीको छनौट पश्चात सर्वोत्कृष्टलाई शनिवार अवार्ड प्रदान गरिएको थियो ।
समाचार
सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी …
पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड
‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससी…
‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान
प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा …
‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान
स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्र…
एनएमबि बैंक र सेलपेबीच सहकार्य
एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका ला…
एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता
एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन …
एनसेलले थप्यो २७ अर्ब लगानी
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपे…
आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ
सामसङले आगामी जनवरी १२ मा एक्सीनोस २१०० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले…
पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…
पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने
नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि स…
नेपालमै पहिलोपटक मेगा बैंकले ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा, यसरी गर्नुहोस् प्रयोग
मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा …
पठाओले ल्यायो आफ्ना ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको बीमा सुविधा
राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । य…
कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने
सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरे…
डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप
चर्चित मेसेज गर्न मिल्ने एप ह्वाट्सएपले डेक्स्टप र वेबमा पनि भ्वाइस तथा भिडियो कलको फ…