कीवर्डहरू -

समाचार

कक्षा १२ को परीक्षा: ४० नम्बरको लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ ।

मन्त्रालयका एक अधिकारीका अनुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।

बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कुरा गर्दै अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जनाए ।

अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए  ।

बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

नियन्त्रक शर्माले हालको स्थितिमा परीक्षा दशैँ अगाडि हुने सम्भावना कम रहेको पनि जनाउनुभयो । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा सरकारकै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भइसकेको छ ।

माध्यमिक तहको अन्तिम परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय मान्यता पनि हुनुपर्ने भएकाले मिश्रित ढाँचाबाट भए पनि बोर्डले परीक्षा गराउने विकल्प सुझाएको हो । मन्त्रालयले परीक्षाबारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग–अलग कार्यदल गठन गरेको थियो ।

शिक्षा ऐन (२०२८) को (आठौँ संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो ।

साविकको परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय सञ्चालनसम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारणसम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन हुँदै आएका छन् ।

कक्षा १० र ११ को परीक्षालाई कानूनी संरचना तयार गरी प्रदेश र स्थानीय तहबाट सञ्चालन गराउने तयारी भइरहेका बेला यस वर्षको कोरोना महामारीका कारण स्वतः आन्तरिक मूल्याङ्कनमा गएको छ भने आगामी वर्षदेखिको व्यवस्थापनका लागि नीतिगत र कानूनी प्रबन्ध हुने तयारी छ ।

संविधानतः माध्यमिक शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रमा छ भने त्यसअनुसारको परीक्षा संयन्त्र स्थापनाका ढिलाइ हुँदै आएको छ । रासस

समाचार

यस्तो छ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

वर्ल्डलिंक कम्युनिकेशन्सले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनायो । सन् १९९५ मा ईमेल …

ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । २५ वर्…

विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने 

आठौँ राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्याको अवसर पारेर मंगलवार विज्ञान कुटनिति (साइन्स डिप्लोमेसी) को बारेमा वेविनार आयोजना गरिएका छ । यो वेविनार सयुंक्त…

सेवाग्राहीको गुनासो सुन्न टोल फ्री नम्बर राख्दै वर्ल्डलिंक

‍नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकक…

आइपीओ जारी गर्ने योजनामा वर्ल्डलिंक 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले निकट भव…

वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा, २१ लाख प्रयोगकर्तालाई सेवा दिदैं 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २५ औं…

मेटलाइफले ल्यायो ग्राहक सेवा एप, एपबाटै विभिन्न सेवाहरु पाइने

इन्स्योरेन्स कम्पनी मेटलाइफले ग्राहक सेवा एप ल्याएको छ । बीमा सम्बन्धी सेवा र सुविधाक…

निन्टेन्डो स्वीचले घोषणा गर्‍यो युरोपको लागि फोर्टनाइट विशेष इडिसन 

निन्टेन्डोले नयाँ फोर्टनाइट थिम भएको विशेष एडिसन स्वीच निकाल्ने भएको छ । यो यूरोपम…

मेरो शेयरको मोबाइल एप सार्वजनिक हुँदै

आगामी भदौ ३१ गते मेरो शेयरको मोबाइल एप सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लिय…

४९ जना विद्यार्थीलाई स्कलरसीप प्रदान गर्दैं क्यान महासंघ, आवेदन खुल्ला

कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को लागि आ…

सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर

भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर …

बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्यु…

आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ? 

ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओप्पो  ए ५३ सार्वजनिक गर्ने तयारी गरेको…

नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने

नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । ने…

हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…