समाचार
शिखर इन्स्योरेन्सका सेवाहरु अब भाइबर र फेसबुक मेसेन्जरमा
शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ ।
वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्नेछन् ।
यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।
इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने शिखर इन्स्योरेन्सको विश्वास छ ।
यस च्याटबटमार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ शिखर इन्स्योरेन्स सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छाअनुसारका सेवा तत्कालै लिन पाइने भएको छ ।
ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् ।
यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ ।
कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा यस किसिमको सेवाको शुरुवातसँगै ग्राहकहरुले अब घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्ने र स–सानो कुराको लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने शिखर इन्स्योरेन्सले बताएको छ ।
समाचार
ब्राजिलमा कर्मचारिको गल्तीले लाखौं कोभिड बिरामीहरुको व्यक्तिगत जानकारी बाहिरियो
ब्राजिलमा एक अस्पतालको कर्मचारीको गल्तीले लाखौँ कोभिड बिरामीहरुका व्यक्तिगत जानकारी…
निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु
अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास हुँदै गईरहेको छ । य…
कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा
कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रालिल…
ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन् आकर्षक अफर
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छु…
एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना…
५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी
नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ ।…
आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण
सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको …
सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य
सरकारी कार्यालयहरुमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै हुने गरेको अर्थमन्त्री विष्णु पौड…
अबको युग डिजिटल अर्थतन्त्रको होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् । शनिबार …
एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान
नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामो…
चन्द्रागिरी नगरपालिकाद्वारा प्रहरीलाई ६८ वटा सिसिटिभी हस्तान्तरण
त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिप…
‘स्मार्ट’ बन्दै नेपाल विद्युत प्राधिकरण
तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्न…
भेरिफिकेसन प्रक्रिया पनुः सुरु गर्दैं ट्विटर
ट्वीटरले फेरि प्रयोगकर्ताहरुलाई भेरिफाई गर्न थाल्ने भएको छ । ट्वीटर भेरिफिकेसन प्रक्र…
सनराइज बैंकमा अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने
सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकि…
मुक्तिनाथ विकास बैंकले शुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारी…