कीवर्डहरू -

समाचार

व्यवसाय बढाउन इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोग बढ्यो

कोभिड १९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ ।

परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न डिजिटल प्रणालीको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र जापान सरकारको सहकार्यमा गत जेठ १२ देखि २८ गतेसम्म गरिएको उक्त अध्ययनमा पाँचमध्ये एकले व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, सामाजिक सञ्जाल, एप अथवा डिजिटल माध्यमको प्रयोग गरेको पाइएको हो ।

अध्ययनको अर्को पाटोले भने नेपालका साना तथा मझौला उद्योग कोभिडपछि निकै सङ्कटमा परेको देखाएको छ । अध्ययनमा समेटिएका यस्ता उद्योगमध्ये आधाभन्दा बढीले कोभिड प्रभाव सुरु भएको एक महिनाभित्र नै आफ्नो सञ्चालन बन्द गरेको पाइयो ।

सबै प्रदेशलाई समेटेर सर्वेक्षणमा छनोट गरिएका त्यस्ता उद्योगका ५४० प्रतिनिधिले ८० प्रतिशतले व्यवसाय घटेको र त्यसका लागि आफ्ना कर्मचारीलाई बेतलबी बिदा अथवा काम गर्ने समय र तलब घटाएको उल्लेख गरेको अध्ययनले जनाएको छ ।

अध्ययनबाट प्राप्त निष्कर्षले कोभिड १९ पछि नेपालका साना तथा मझौला उद्योगले बेहोरेको बाध्यता देखाउँछ, आईएफसीको परामर्श सेवाका लागि दक्षिण एसियाली प्रबन्धक रोल्फ बेन्र्टले बताए ।

यस्ता उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि व्यवसायमा आएको स्पष्ट गिरावटले सञ्चालक न्यून आम्दानीसँग जुध्न र भविष्यबारे अन्योल रहेको उनको भनाइ छ ।

सर्वेक्षणका अनुसार करिब ४५ प्रतिशत व्यवसायले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् भने २७ प्रतिशतले काम गर्ने समय घटाएका छन् । त्यस्तै सबै किसिमका व्यवसायमा गरेर १२ प्रतिशत महिला कामदारको तलब घटाइएको छ ।

यस्ता उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

समाचार

गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने

इन्टरनेटको सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा केही हेरफेर गर्ने भएको छ । गूगलले…

शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक

सरकारले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक गरेको छ । मन्त्रिपरि…

ई पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्…

नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

नेपाल टेलीिकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका …

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा

सांग्रिला डेभलपमेन्ट बैंकबाट डेबिट कार्ड लिदा अब पीनको जानकारी मोबाइलबाटै पाइने …

भारतमा अनलाइन स्टोर खोल्दै एप्पल

एप्पलले २३ सेप्टेम्बरमा भारतमा आफ्नो अनलाइन स्टोर खोल्ने भएको छ । यसले गर्दा भारतीय …

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्याप…

ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ  

इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । ‘चाडवा…

विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने

अब विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छ…

कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न विकास तथा प्रविधि समितको निर्दैशन 

संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न सरका…

बैंक अफ काठमाडाैं र खल्तीबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने 

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड ग…

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत…

गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्य…

गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरे…

इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने  

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंकका…