समाचार
स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन हुने, स्नातकोत्तर तहको २ घण्टा
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो ।
स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।
व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो ।
प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।
विद्यार्थीको हितमा
डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिनुभयो ।
विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उहाँको भनाइ छ ।
राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताउनुभयो ।
स्नातकको डेढ घण्टा
यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो ।
विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ ।
अभ्यास सफल
यसपटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि डेढ घण्टा समय तोकेको थियो । परीक्षा मङ्सिर १६ गते मात्र सकिएको हो ।
यसअघि सय पूर्णाङ्कको लिखित परीक्षा हुने गरेकोमा यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाएको जनाइएको छ ।
गोरखापत्र अनलाइन बाट
समाचार
ह्याकरले कम्प्युटर सिस्टममा हानी पुर्याएर वैज्ञानिकलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने
बेन गुईरन विश्वविद्यालयका साइबर सुरक्षा अन्वेषकहरुले हालै ह्याकरहरुले कम्प्यूटर सिस्ट…
नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डिज…
लकडाउनपछि फष्टाउदै अनलाइन व्यापार
पछिल्लो समय मुलुकमा अनलाईन व्यापार तिव्रगतिमा फष्टाउदै गएको छ । कोरोना भाइरस (कोभ…
ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइन कक्षा लिदैं ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार देखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुला…
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्…
सबै जिल्लामा पुग्याे नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ साल…
माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने
अहिले पनि ईन्टरनेट एक्सपलोरर ११ प्रयोग गरिरहने प्रयोगकर्ताहरुका लागी माइक्रोसफ्टले फ…
ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने
ई लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका …
टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले थाहा पाउनु पर्ने जानकारी
मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल…
अब बीस मिनेटमै कोरोना परीक्षण !
सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको …
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी …
विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त
काठमाडौं, मंसिर १५ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र निय…
अनलाइन प्रणालीका कारण वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव
अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्…
बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ
काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।