कीवर्डहरू -

समाचार

एन आईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु

एन आईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ ।

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी  साइबरसोर्स इंकको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।

अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको यस साइबरसोर्सको गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो ।

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित ईकमर्श ट्राभल र टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्‍याउदै यस बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तीमा रहिआएको छ ।

यस पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मचेर्न्ट तथा सम्पूर्ण ग्राहक महानुभावहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ ।

यस गेटवे प्रणालीबाट हालका लागि भिसा कार्ड मार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टरकार्ड, युनियन पे लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको छ ।

समाचार

पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय  कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कुल

शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युट…

भिडियो कल गर्न सकिने डेटिङ एप टिन्डरको फेस टू फेस फिचर

कोरोना भाइरसको कारणले गर्दा सामाजिक दूरी कायम गर्नु परेका अवस्थामा बाहिर गएर कसै…

घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण

नेपाल टेलिकमको गत आर्थिक वर्षको भन्दा २ अर्ब २९ करोड २८ लाखले घटेको छ । आर्थिक वर्ष…

सार्वजनिक सवारी साधनको भाडा भुक्तानी अब कार्डबाटै

अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको…

इन्स्टाग्राममा भएको बग पत्ता लगाएर नेपाली युवाले पाए ६ हजार डलर पुरस्कार

साइबर सुरक्षा सम्बन्धि अनुसन्धानकर्ता नेपाली युवा सौगात पोखरेलले इन्स्टाग्राममा भएको …

\'कोड फर चेन्ज\'ले आयोजना गरेको भर्चुअल \'टेक कन्क्लेभ\' जारी

'कोड फर चेन्ज'ले शुक्रबारदेखि 'टेक कन्क्लेभ २०२०' सुरु गरेको छ। लकडाउनले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिक…

फास्ट इन्टरनेट सेवा प्रदान गर्न डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्र…

माछापुच्छ्रे बैंकद्वारा विच्याट वालेटको भुक्तानी सुरु

माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विच्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।…

एन आईसी एशिया बैंकको क्रेडिट कार्डबाट शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री खरिद गर्न सकिने

एन आईसी एशिया बैंकले समय अनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रे…

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा, ४३० रुपैयाँमा ४० जीबी डेटासँगै प्रभु टिभी निशूल्क

एनसेलले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार …

रिलायन्स फाइनान्स र एफ्वान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफ्वान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरे…

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने 

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने भएको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवना…

इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सम्झौता

इजि एस्योरेन्स प्रा. लि.अन्र्तगतको इजि ट्याक्सीले  माछापुच्छ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि …

‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न नेपाली सेनालाई महावीर पुनको सुझाब

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले नेपाली सेनालाई ‘नेपाली सैनिक…

कोरोना बारे गलत सूचना फैलिन रोक्न फेसबुकको नयाँ फिचर

तस्वीरः फेसबुक